काठमाडौं, ५ असोज २०७६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ६ वटा महानगरमा अध्यक्ष र सचिव मनोनयन गरेको हो।
पार्टीले काठमाडौँमा निर्मल देउलाअध्यक्ष र रवीन्द्र श्रेष्ठलाई सचिवमा मनोनयन गरेको छ ।
त्यस्तै, ललितपुरमा मन्जली शाक्य अध्यक्ष र ज्ञानेन्द्र शाक्य सचिव भएका छन् भने पोखरामा दीपक पौडेल अध्यक्ष र विश्वप्रकाश लामिछाने सचिव बनेका छन्। त्यस्तै, भरतपुरमा रामप्रसाद न्यौपाने अध्यक्ष र ईश्वर सापकोटा सचिव भएका छन् ।
वीरगञ्जमा रोहवर अन्सारी अध्यक्ष र विश्वम्बर शर्मा सचिव भएका छन् भने विराटनगरमा सागर थापा अध्यक्ष बनेका छन् भने हेम कार्की सचिव बनेका छन् ।
बैठकमा उपनिर्वाचनको लागि दल दर्ताका लागि महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।








































