Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०१:१७ बिहान
- ADVERTISEMENT -

नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत दोस्रो चरणमा क्षेत्र नं १(ख) कास्कीका विभिन्न स्थानमा जागरणसभा

प्रकाशित मिति: २०७६ असोज ४, शनिबार

1303
Shares

पोखरा, ४ असोज २०७६ । नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत दोस्रो चरणमा क्षेत्र नं १(ख) कास्कीका विभिन्न स्थानमा जागरणसभा भएको छ ।

त्यसक्षेत्र अन्तर्गत पोखरा १३ र मादी गाउँपालिकाको याङ्जाकोटमा छुट्टाछुट्टै जागरणसभा भएको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए ।

पोखरा १३ मा आयोजित जागरणसभासँगै वडा कार्यसमिति पोखरा १३ समायोजन गरिएको छ । सो वडाको सभापतिमा विष्णु बराल चयन भएका छन् ।

जागरणसभामा काँग्रेस नेता शुक्रराज शर्माले पार्टीभित्र एकअर्कालाई दोषरोपण गर्ने र आफूले जिम्मेवारी वहन नगर्ने प्रवृत्ति मौलाउदा पार्टीमा क्षति पुगेको बताए । उनले पार्टी सुधार्न जागरण अभियान सार्थक बन्ने उल्लेख गरे ।

पूर्व मन्त्री यज्ञबहादुर थापाले नयाँ ढंग र सोच पार्टीलाई आवश्यक रहेको औल्याए ।

त्यस अवसरमा कास्की काँग्रेस सचिव देवेन्द्र रानाभाट, क्षेत्र नं १(ख) सभापति कृष्ण कोइराला, काँग्रेस पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ, महाधिवेशन प्रतिनिधि किशोरदत्त बराल, नेतृ सरस्वती गुरुङ, नेपाली काँग्रेस कास्कीका सदस्य एवं नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, नेपाल महिला संघ पोखरा महानगर सभापति माया बराल र क्षेत्रीय प्रतिनिधि शिरोमणि बरालले बोलेका थिए ।

वडा कार्यसमिति सभापति विष्णु बरालको अध्यक्षतामा भएको कार्यक्रममा अर्का सभापति अर्जुन सिग्देलले स्वागत र महिला संघ क्षेत्र नं २ कास्की सचिव रामकुमारी पौडेलले सञ्चालन गरेकी थिइन् ।

उता याङ्जाकोटमा आयोजित कार्यक्रममा पार्टीलाई योगदान पु¥याएका टेकनसिंह गुरुङ, कर्णबहादुर गुरुङ, कृष्णलाल सापकोटा, केशव सापकोटा, किर्तिमान गुरुङ, देवीलाल रानाभाट, चन्द्रकान्त सापकोटा, रामबहादुर लामा, दत्तबहादुर सापकोटा, ज्येष्ठ सदस्य पुण्यप्रसाद सापकोटा र खिमावती सापकोटालाई सम्मान गरिएको छ ।

त्यस्तै, मृत्युपर्यन्त किताबसिंह गुरुङ, चित्रबहादुर गुरुङ, दलबहादुर गुरुङ, लालबहादुर गुरुङ, लालबहादुर रानाभाट, वीरबहादुर परियारलाई सम्मान गरिएको थियो ।

त्यस अवसरमा काँग्रेस केन्द्रीय सदस्य जीवन परियार, पूर्व मन्त्री यज्ञबहादुर थापा, काँग्रेस क्षेत्र नं १ कास्की सभापति बिर्जमान गुरुङ, महासमिति सदस्य गिरिराज गौतम, प्रदेश सभापति कृष्ण कोइराला, नीति तथा प्रशिक्षण प्रतिष्ठान सदस्य किशोरदत्त बराल, सरस्वती गुरुङ, महाधिवेशन प्रतिनिधि परशुराम बि पोखरेल, जिल्ला सदस्य गौरी सापकोटा, नवीन सिग्देल, वडाध्यक्ष यम गुरुङले बोलेका थिए ।

नेपाली काँग्रेस मादी गाउँपालिकाका सभापति देवीजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष मनबहादुर गुरुङले स्वागत र सचिव भानु ढकालले सञ्चालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -