गोरखा, ४ असोज २०७६ । यात्रुबाहक बसले मोटरसाईकललाई ठक्करबाट साईकल चाललको ज्यान गएपछि शनिबार मध्यान्न १२ बजे देखी आँबुखैरेनी–डुम्रे सडक खण्ड अबरुद्व भएको छ ।
पोखराबाट लुम्बिनी जान लागेको लु १ ख ८००२ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको बा ९९ प १४७३ नम्बरको मोटरसाईकल आज विहान ९ः२० वजे आँबुखैरेनी पेट्रोल पम्प आगडी ठक्कर दिएको हो ।
बसको ठक्करबाट गोरखा जिल्ला शहिद लखनथापा गाउँपालिका–३ स्थायी घर भई हाल तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी बजार बस्ने वर्ष २८ को यमबहादुर थापाको घटना स्थलमा नै ज्यान गएको हो ।
दुर्घटना लगत्तै बसका चालक फरार भएको भन्दै स्थानियले चालकको कारबाही र क्षतिपूर्तिको माग राख्दै राजमार्ग बन्द गराएको इलाका प्रहरी कार्यालयले आँबुखै्रेनीले जानकारी दिएको छ ।
सडक सुचारु गर्ने बिषयमा स्थानिय संग वार्ता भई रहेको कार्यालयले जनाएको छ । बन्दका कारण आँबुखैरेनी–मुग्लीन र आँबुखैरेनी–मार्कीचोक सम्म सवारी जाम भएको छ । सवारी जाम हुदा हजारौ यात्रीले सास्तु भोगेका छन ।








































