काठमाडौँ, १ असोज २०७६ । नेपाल महिला संघ डडेल्धुराको तेस्रो जिल्ला अधिवेशनबाट विधिवत अध्यक्षमा निर्वाचित कमला विष्टलाई पूर्वाग्रहवस निष्काशन गरिएको घटनाप्रति नेपाल महिला संघले नेपाली कांगेस केन्द्रीय कार्य समितिलाई ध्यानाकर्षण गराएको छ ।
नेपाल महिला संघमा देखिएको विवादका बारेमा नेपाल महिला संघले एक विज्ञप्ति जारी गदै ध्यानाकर्षण गराएको हो ।
नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले बिष्टलाई संगठनबाट निष्कासन गरेकी थिईन । नेपाली कांग्रेसको भ्रातृ संस्था महिला संघले शुक्रबार बिष्टलाई विधानको परिच्छेद ६ को धारा २५ (३०) अनुसार साधारण सदस्यसमेत नरहने गरी तीन वर्षका लागि निष्कासन गरेको हो।
यस्तो छ विज्ञप्ती
प्रेस विज्ञप्ती
नेपाल महिला संघ डडेल्धुराको तेस्रो जिल्ला अधिवेशनमा विधिवत अध्यक्षमा निर्वाचित कमला विष्टलाई पूर्वाग्रहवस हठात निष्काशन गरिएको घटनाप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ ।
गौरवपूर्ण इतिहास बोकेको नेपाल महिला संघका सबै तह र निकायलाई थप सदृढ, प्रभावकारी र कृयाशील बनाउँदै महिला हक, हीत र नेपाली कांग्रेसको नेतृत्वमा जारी संविधानका मुलभूत विशेषताको रक्षार्थ सिंगो पार्टीलाई बलियो आधार र उर्जा प्रदान गर्न एकतावद्ध र सशक्त बनाउन जुट्नुपर्ने बेलामा उल्टै इमान्दार, निष्ठावान नेता कार्यकर्ताको तेजोवध गर्ने, अपमान गर्ने तथा निष्काशन गर्नेजस्ता गतिविधि एकदमै निन्दनीय छ ।
नेपाल महिला संघ तथा पार्टी कै अग्रणी नेता कमला विष्ट माथीको कार्वाहीलाई अविलम्ब फिर्ता लिई जनस्तरमा रही अहोरात्र कृयाशील कार्यकर्ताको मनोवल खस्किन नदिन तथा न्याय प्रदान गर्न तर्फ आवश्यक पहलकदमी लिन आफ्नो माऊ पार्टी नेपाली कांगेस केन्द्रीय कार्य समितिलाई विनम्र अनरोध गर्दछौं ।
जय नेपाल ।
नेपाल महिला संघ जिल्ला सभापतिहरु
पाँचथर गंगामाया आङ्गदम्बे
इलाम निर्मल संजेल
झापा शुसिला ढकाल
मोरङ्ग शान्ता पौडेल
सुनसरी विजया कटुवाल
तेह्रथुम बसन्ती गुरुङ्ग
संखुवासभा निरु बस्नेत
खोटाङ्ग राम कुमारी राई
उदयपुर लिला राई
सोलुखुम्बु चिन्जी शेर्पा
भोजपुर शिशिरा राई
ताप्लेजुङ्ग मिना गुरुङ्ग
पर्सा विद्या श्रेष्ठ
बारा सिता मैनाली
रौतहट भुवनेश्वोरी गिरी
सर्लाही सुशिला कार्की
रसुवा देवकी रैला
धादिङ्ग अम्बिका अधिकारी
काठमाडौँ बिष्णु पुडासैनी
सिन्धुली गंगा दाहाल
रामेछाप गंगा अधिकारी
दोलखा कृष्ण कुमारी खडका
काभ्रे शुभलक्ष्मी मानन्धर
सिन्धुपाल्चोक गीता नेपाल
भक्तपुर सरु बानियाँ
ललितपुर गीता सत्याल
तनहुँ पवित्रा पौडेल
स्याङ्जा कल्पना तिवारी
कास्की कोपिला रानाभाट
मुस्ताङ्ग मोहन कुमारी गौचन
म्याग्दी बिमला गौचन
बाग्लुङ्ग सकुन्तला शर्मा
लमजुङ्ग ज्ञानु शाह
मनाङ्ग नचोङ्ग गुरुङ्ग
पाल्पा गंगा पौडेल
अर्घाखाँची शान्ता भण्डारी
कपिलवस्तु मीना के.सी।
रोल्पा पुष्पा श्रेष्ठ
बर्दिया सुशिला गिरी
बाँके नारायणी रुपाखेती
सल्यान शुभ प्रभा बस्नेत
पूर्वी रुकुम सरिता बुढाथोकी
गुल्मी लक्ष्मी पाण्डे
जाजरकोट मैना रावल
सुर्खेत पार्वती गिरी
कालिकोट भद्रा शाही
जुम्ला राम तुला बुढा
मुगु जयपुरी बम
डोल्पा दिलमाया बिष्ट
दार्चुला शान्ति बम
बैतडी देवी ठगुन्ना








































