Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१०:४४ बिहान
- ADVERTISEMENT -

बाँके प्रकरणलाई लिएर निरन्तर संसद अवरोध

प्रकाशित मिति: २०७६ असोज १, बुधबार

929
Shares

काठमाडौं, १ असोज २०७६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहमत हुने हो भने बुधबार दिउँसो डाकिएको प्रतिनिधिसभाको बैठकले निरन्तरता पाउने छ । गत सोमबार सभामुख कृष्णबहादुर महराले बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

कांग्रेसले सोमबारसम्म बाँके प्रकरणलाई लिएर निरन्तर संसद अवरोध गरिरहेको थियो । बाँकेको घटनालाई लिएर कांग्रेसले खजुरा १ का वडा अध्यक्ष सुमन मल्ल बिरुद्ध जाहेरी दर्ता भएपछि बैठक संचालन भएको थियो ।

नेपाली कांग्रेससँगको सहमतिपछि चालु भएको बैठक नेकपाका सांसद नन्दलाल रोकाले आपत्ति जनाएपछि पुनः अवरोध भएको थियो।

सांसद रोकाले आफुहरु आन्दोलन गर्न समेत तयार रहेको जनाउँदै वडाअध्यक्ष मल्ललाई कारवाही गर्न नपाउने र घटना अनुसन्धान गर्न समिति बनाउन माग गरेका थिए ।

मल्ललाई कारवाही गर्न नपाउने भनेपछि कांग्रेसले रोस्टम घेरेर नारावाजी गरेको थियो। त्यसपछि अवरुद्ध बैठक फेरि चालु हुनेमा आशंका छ ।

सभामुख महराले मंगलबारको सट्टा बुधबार बैठक डाके । उनको इच्छाले यो बैठक बुधबार सारिएको बुझिएको छ । उनलाई मंगलबार कपिलवस्तुको कार्यक्रममा जानुपर्ने भएकाले उनले जानीजानी बैठक सारेको संसद स्रोत बताउँछ ।

मंगलबार बैठक नगर्नुको मतलब बुधबारदेखि बैठक चालु गर्नका लागि मंगलबार दलका नेताहरु बोलाएर समस्याको समाधान गर्नुपर्ने थियो । तर महराले कांग्रेस र नेकपाका नेतालाई बोलाएर यसको समाधानको बाटो खोजेनन् ।

कांग्रेसको जागरण सभालाई संवोधन गर्ने क्रममा बाँकेका नेताहरुलाई आक्रमण गर्ने नेकपाका कार्यकर्तालाई कार्वाही गर्नतर्फ नेकपाले पनि रुची देखाएन । यसको मतलव नेकपाको नेतृत्वले काँग्रेसको विरोधलाई दवाउन चाहन्छ ।

दिनानुदिन बैठक अवरुद्ध हुँदासमेत सभामुख रमिते बनेका छन् । यसअघि पनि रमिते बन्नुका साथै अहिलेसम्म अहम् भूमिका खेल्न नसकेका सभामुख महरा यसपटक फेरि नेकपाका नेताहरुको चंगुलमा फसेको आरोप लागेको छ ।

मुद्दा दर्ता भइसकेपछि त्यसको फैसला अदालतले गर्छ । तर नेकपाका सांसद रोकाले बोलेको कुरालाई महराले समर्थन गर्नु निकै दुर्भाग्यको विषय भएको विष्लेषण गरिएको छ । होइन भने उनले यसरी आन्दोलन गर्छौंं भनेपछि यसलार्य रोक्न सक्नुपर्दथ्यो ।

न त संसदमा सांसदहरुले धैर्य राख्न सकेका छन् न त सभामुखले प्रभावकारी भूमिका खेल्न सक्दछन् । यही अवस्थामा संसदको अवरोध जारी रहनेमा आशंका छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -