Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१३:५५ बिहान
- ADVERTISEMENT -

जापानमा सुनैनाका मिथिला चित्रकला

प्रकाशित मिति: २०७६ भदौ ३१, मंगलबार

986
Shares

काठमाडौँ, ३१ भाद्र २०७६ । कलाकार सुनैना ठाकुरको एकल मिथिला चित्रकला प्रदर्शनी जापानको टोकियोमा भइरहेको छ । भदौ २७ शुक्रबारदेखि सुरु भएको सो प्रदर्शनी एक महिनासम्म सञ्चालन हुनेछ ।

जापानमा रहनुभएकी कलाकार ठाकुरका अनुसार, प्रदर्शनीमा प्रदर्शनीमा महिला हिंसा, महिला शक्तिकरण, समानता, अधिकार, शान्ति र समृद्धिलगायत विषयवस्तुमा तयार पारिएका ४० थान चित्रकला रहेका छन् । चित्रकलाका साथै प्रदर्शनीमा हस्तकलाका सामग्रीहरु समेत छन् ।

त्यस्तै मिथिला चित्रकला पेन्टिङ गरिएका टिसर्ट, ब्याग, रुमाललगायत वस्तुहरुसमेत प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा १० वटा पेन्टिङ बुक भइसकेको कलाकरा ठाकुरले जानकारी दिनुभयो ।

मिथिला कलामार्फत् महिला सशक्तिकरण, लैङ्गिक समानता र अधिकारको क्षेत्रमा योगदान पुर्याए वापत कलाकार ठाकुरले केही दिनअघि मात्रै ५० हजार रुपियाँ राशिको सङ्गति ग्राण्ट अवार्ड प्राप्त गर्नुभएको थियो ।

यसअघि कलाकार ठाकुरले लोककलातर्फ राष्ट्रिय ललितकला पुरस्कार, अमेरिकाबाट कमन ग्रायण्ड अवार्डलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गर्नुभएको छ ।

अमेरिका, श्रीलङ्का, भारतमा समेत एकल तथा सामुहिक चित्रकला प्रदर्शनी गरिसक्नुभएकी कलाकार ठाकुरले जनकपुरमा मिथिला आर्ट ग्यालरी र प्रशिक्षण समेत सञ्चालन गर्दै आउनुभएको छ ।

उहाँले काठमाडौँको ठमेलमा समेत सुनैना मिथिला आर्ट ग्यालरी सञ्चालन गर्नुभएको छ । उहाँले पोखरा, जलेश्वर, काठमाडौँ लगायत स्थानमा समेत सामुहिक र एकल चित्रकला प्रदर्शनी गरिसक्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -