काठमाडौँ, २७ भाद्र २०७६ । नेपाली कांग्रेसले देशभर डेंगी रोगका बारे जनचेतना फैलाउने भएको छ ।
नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरणमा प्रकोपका रुपमा फैलिँदै गरेको डेंगी रोगका बारेमा जनचेतना फैलाउने निर्णय गरेको हो ।
शुक्रबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकास शर्माले डेंगीबाट हजारौं नागरिकलाई असर परिरहेको बताउँदै अहिले चलिरहेको अभियानमा आवस्यक जनचेतना फैलाउने बताउनु भयो ।
बिहीबार बाँकेमा भएको राष्ट्रिय जागरण कार्यक्रममा नेकपाका कार्यकर्ताले गरेको आक्रमणको कांग्रेसले भत्सर्ना गरेको हो। यो विषयलाई लिएर विरोध प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेसले भदौ २४ गते देखि देशभर हिमाल, पहाड, तराई मधेस (हिमपात) राष्ट्रिय जागरण अभियान चलाइरहेको छ ।








































