Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५२:१५ बिहान
- ADVERTISEMENT -

बिजुली बलेपछि यसरी फेरियो दैनिकी

प्रकाशित मिति: २०७६ भदौ १३, शुक्रबार

1034
Shares

म्याग्दी, १३ भाद्र २०७६ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिका–६ बुलमा विद्युत् सुविधा पुगेको छ ।

गाउँपालिकाको सहयोगमा स्थानीयवासीले श्रमदान र नगद सङ्कलन गरेर गाउँ झिलीमिली बनाएका हुन् । बुल गाउँका ४० घरमा बिहीबार बेलुकीदेखि बिजुली बलेको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो ।

छिमेकी मल्कवाङमा सञ्चालित नन्दीवाङखोला लघु जलविद्युत् परियोजनाको विद्युत् बुलमा विस्तार गरिएको हो । केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको तत्काल सम्भावना नभएकाले लघु जलविद्युतको बिजुली विस्तार गरिएको वडाध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

बुलमा विद्युतीकरणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा रु २५ लाख विनियोजन गरेको थियो । बिजुलीका पोल र तार ढुवानी गर्न रु तीन लाख २० हजार बराबरको श्रमदान गरेका उपभोक्ता समितिका अध्यक्ष नरबहादुर जुग्जालीले बताउनुभयो । गाउँपालिकाको अनुदानबाट १०४ किलोग्राम तौल भएका ५६ थान विद्युत्का पोल र साढे सात किलोमिटर तार खरीद गरिएको थियो । पोल गाड्ने खाडल खन्न पनि श्रमदान गरिएको थियो ।

स्थानीयवासीबाट नगद सङ्कलन गरेर नन्दीवाङखोला जलविद्युत् परियोजनाको उपभोक्ता समितिलाई विद्युत् खरीदका लागि रु सात लाख ५० हजार बुझाइएको थियो । मल्कवाङको मलम्पारसम्म पुगेको विद्युत्को लाइन विस्तार गरेर बुल पु¥याइएको हो । मल्कवाङमा तीन वर्षअघि निर्माण भएको ४८ किलोवाट क्षमताको नन्दीवाङखोला जलविद्युत् परियोजनाको विद्युत् उपभोग हुन नसकेर खेर गइरहेको थियो ।

बुलका बासिन्दा यसअघि उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए । विद्युत् अभावमा सूचना प्रविधि, मनोरञ्जन र उद्यम व्यवसायको अवसरबाट वञ्चित थिए । विद्युत् सुविधा भएपछि स्थानीयको दैनिकी सहज भएको छ । विद्युत्बाट चल्ने कुटानीपिसानी मिल सञ्चालन गरिएको छ । गहुँ, मकै, कोदो पिस्नका लागि दुई घण्टा हिँडेर बँेसी पुग्नुपर्ने बाध्यता हटेको स्थानीय लक्ष्मी केसीले बताउनुभयो । बालबालिकालाई उज्यालोमा बसेर पढ्न र स्थानीयलाई घरायसी काम गर्न सहज भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -