Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०२:५४ बिहान
- ADVERTISEMENT -

पुनर्निर्माणका लागि साढे दुई अर्ब

प्रकाशित मिति: २०७६ भदौ ५, बिहीबार

629
Shares

काठमाडौं, ५ भाद्र २०७६ । भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ ।

पाँचौं नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सो रकमको चेक बुधबार हस्तान्तरण गरेका हुन् ।

प्राधिकरणका प्रवक्ता तथा सहसचिव पीताम्बर घिमिरले भारत सरकारले पुनर्निर्माण गरिरहेको गोरखा र नुवाकोटको ५० हजार निजी आवास पुनर्निर्माणका लागि सो रकम हस्तान्तरण गरेको जानकारी दिए । भारतले २०७२ को भूकम्पपछिको पुनर्निर्माणका लागि १ खर्ब सहयोग गर्ने घोषणा गरेको थियो । जसमा २५ अर्ब अनुदान र ७५ अर्ब ऋण रहेको छ । भूकम्प गएको चार वर्षपछि भारतले सो रकम हस्तान्तरण गरेको हो ।

गोरखा नुवाकोटमा भारतको सहयोगमा ५० हजार घर

२५ अर्ब अनुदानअन्तर्गत निजी आवास पुनर्निर्माणका लागि १० अर्ब, शिक्षा क्षेत्रको पुनर्निर्माणका लागि ५ अर्ब, अस्पताल पुनर्निर्माणका लागि ५ अर्ब र सम्पदा पुनर्निर्माणका लागि ५ अर्ब रुपैयाँ खर्च हुनेछ । भारतले गोरखा र नुवाकोटका ५० हजार निजी आवासको पुनर्निर्माणका लागि प्रतिबद्धता जनाएको थियो ।

ती जिल्लामा भारत सरकारको प्रोजेक्ट म्यानेजमेन्ट कन्सल्टेन्ट (पीएमसी) का रूपमा गोरखामा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) र नुवाकोटमा परियोजना सेवाका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (यूएनओपीएस)ले पुनर्निर्माणको काममा सघाउ पु¥याइरहेका छन् । भारतले हस्तान्तरण गरेको सहयोग रकम अब अर्थ मन्त्रालय हुँदै स्रोत भर्ना हुने जनाएको छ ।

यस्तै, नेपाल भारत संयुक्त आयोगको बैठकमा बुधबार नै भारत सरकारले निर्माणाधीन हुलाकी सडकको निर्माण सम्पन्न गर्न १ अर्ब ३० करोड रुपैयाँ उपलब्ध गराएको छ ।

यसअघि, भारतले नेपालको पुनर्निर्माणका लागि पहिलो किस्ताबापत २ अर्ब १० करोड रुपैयाँ र दोस्रो किस्ताबापत १ अर्ब ६० करोड उपलब्ध गराएको थियो । गत जेठमा अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा। युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्ताबापतको चेक हस्तान्तरण थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -