Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५५:५८ बिहान
- ADVERTISEMENT -

चुनाव चिन्ह रुख र चारतारे झण्डा भएको अर्को कांग्रेस छैन

प्रकाशित मिति: २०७६ साउन ३०, बिहीबार

1092
Shares

काठमाडौं, ३० साउन २०७६ । नेपाली कांग्रेसले चुनाव चिन्ह रुख र चारतारे झण्डा भएको अर्को कांग्रेस नभएको स्पष्ट पारेको छ । तनहुँ जिल्लामा समानान्तर समिति र कार्यालय बनेपछि बुधबार बसेको कांग्रेस केन्द्रीय समितिले इतिहास स्मरण गराउँदै चुनाव चिन्ह र चारतारे झण्डा भएको अर्को कांग्रेस नभएको स्पष्ट पारेको हो ।

जिल्लामा देखिएको विवाद निरुपणका लागि केन्द्रीय समितिले नै निर्णय गरेर स्पष्ट पारेको केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेसको निर्णयमा भनिएको छ–विसं २०१५ सालको प्रथम आम निर्वाचनदेखि नै नेपाली कांग्रेसका नाममा निर्वाचन आयोगमा दर्ता रही निर्वाचन चिन्ह रुख र तलमाथि रातो पृष्ठभूमि र बीचमा सेतो पृष्ठभूमिमा चार तारा रहेको झण्डा प्रयोग गर्दै आएको, हाल शेरबहादुर देउवा सभापति रहनुभएको राजनीतिक दलको मुलुकका ७७ वटै जिल्लामा, जिल्ला कार्यसमिति र मातहतका निकायहरु निरन्तर क्रियाशील रहँदै आएका छन् । यसै सन्दर्भमा तनहुँ जिल्लामा बैकुण्ठनाथ न्यौपाने सभापति र जितप्रकाश आले कार्यवाहक सभापति रहनुभएको जिल्ला कार्य समिति र सो मातहतको कार्यसमिति मात्र नेपाली कांग्रेसको आधिकारिक र वैधानिक कार्यसमिति रहेको स्पष्ट गरिएको छ ।”

विज्ञप्तिमा भनिएको छ– उक्त कार्यसमितिहरुबाहेक नेपाली कांग्रेस पार्टीका नाममा पार्टीका कुनै सदस्यले कुनै तहको कार्यसमिति गठन गर्न नै नसक्ने भएकाले तनहुँ जिल्लामा यदि त्यस्तो अनाधिकृत र अवैधानिक कार्य पार्टीको कुनै सदस्यले गरेको वा कार्यालय खोलेको भए त्यस्तो कार्य पार्टी अनुशासनको गम्भीर उल्लंघन र दण्डनीय कार्य भएकोले, नेपाली कांग्रेस पार्टीका कुनै पनि सदस्यहरु यस किसिमको भ्रममा नपर्न र पार्टीको आधिकारिक र वैधानिक निकायमा मात्र आवद्ध कार्यालय, संघ संस्थाहरुले पनि नेपाली कांग्रेसको आधिकारिक जिल्ला कार्यसमिति र मातहतका निकायसँग मात्र नेपाली कांग्रेससँगको दलगत सम्बन्ध कायम राख्न र गतिविधि गर्न जानकारी गराउने । साथै तनहुँ जिल्लामा देखिएको यस किसिमको अवैधानिक र पार्टी अनुशासनको गम्भीर उल्लंघनको गतिविधिमा संलग्न पार्टीका सदस्य उपर पार्टीको विधान र नियमावलीअनुसार आवश्यक निर्णय गर्नका लागि केन्द्रमा प्राप्त उजुरीसहितको फायल र सबै कागजात केन्द्रीय अनुशासन समितिमा पठाउने ।”

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । केन्द्रीय कार्यसमितिको आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु— भीष्मराज आङ्दम्वे, कमला पन्त र रमेश लेखकले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

बैठकको निर्णय 

१। केन्द्रीय अनुशासन समितिका संयोजक श्री भीष्मराज आङ्दम्बेबाट समितिको हालसम्मको कार्यप्रगति प्रतिवेदन प्रस्तुत ।

२। वि।स। २०१५ सालको प्रथम आम निर्वाचन देखि नै नेपाली कांग्रेसका नाममा निर्वाचन आयोगमा दर्ता रही निर्वाचन चिन्ह “रुख” र तल माथि रातो पृष्ठभूमि र विचमा सेतो पृष्ठभूमिमा चार तारा रहेको झण्डा प्रयोग गर्दै आएको, हाल श्री शेरबहादुर देउवा सभापति रहनु भएको राजनीतिक दलको मुलुकका ७७ वटै जिल्लामा, जिल्ला कार्यसमिति र मातहतका निकायहरु निरन्तर क्रियाशील रहँदै आएका छन् ।

यसै सन्दर्भमा तनहुँ जिल्लामा श्री बैकुण्ठनाथ न्यौपाने सभापति र श्री जितप्रकाश आले कार्यवाहक सभापति रहनु भएको जिल्ला कार्यसमिति र सो मातहतका कार्यसमिति मात्र नेपाली कांग्रेसको आधिकारिक र वैधानिक कार्यसमितिहरु रहेको स्पष्ट गर्दै,

उक्त कार्यसमितिहरु बाहेक नेपाली कांग्रेस पार्टीका नाममा पार्टीका कुनै सदस्यले कुनै तहको कार्यसमिति गठन गर्न नै नसक्ने भएकोले तनहुँ जिल्लामा यदि त्यस्तो अनाधिकृत र अवैधानिक कार्य पार्टीको कुनै सदस्यले गरेको वा कार्यालय खोलेको भए त्यस्तो कार्य पार्टी अनुशासनको गम्भीर उल्लघंन र दण्डनीय कार्य भएकोले, नेपाली कांग्रेस पार्टीका कुनै पनि सदस्यहरु यस किसिमको भ्रममा नपर्न र पार्टीको आधिकारिक र वैधानिक निकायमा मात्र आवद्ध हुन अनुरोध गर्दै, तनहुँ जिल्ला प्रशासन कार्यालय तथा जिल्ला स्थित अन्य सरकारी, अर्धसरकारी तथा गैरसरकारी कार्यालय, संघ संस्थाहरुले पनि नेपाली कांग्रेसको आधिकारिक जिल्ला कार्यसमिति र मातहतका निकायसंग मात्र नेपाली कांग्रेससंगको दलगत सम्बन्ध कायम राख्न र गतिविधि गर्न जानकारी गराउने । साथै, तनहुँ जिल्लामा देखिएको यस किसिमको अवैधानिक र पार्टी अनुशासनको गम्भीर उल्लघंनको गतिविधिमा संलग्न पार्टीका सदस्य उपर पार्टीको विधान र नियमावली अनुसार आवश्यक निर्णय गर्नका लागि केन्द्रमा प्राप्त उजुरी सहितको फायल र सबै कागजात केन्द्रीय अनुशासन समितिमा पठाउने ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७६ भाद्र ११ गते दिउँसो २ बजे पुनः बस्नेछ ।

समवेदना

धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं। १७ को वडा सभापति बालबोध यादवको पिता ७५ वर्षीय बुझाउन यादवको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै बैठकले उहाँको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

कृष्णप्रसाद पौडेल

मुख्य सचिव

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -