काठमाडौँ, २७ साउन २०७६ । ईश्वरी कंडेलको बास्तबिक जीवन कथामा आधारित रमेश बि क को “प्रदेशी भए म” सार्जजनिक गरिएको छ । बरिष्ठ सर्जक रमेश बि जि को शब्द सृजना रहेको छ ।
बास्तबिक जीवन कथामा आधारित गीतमा लोक गायक रमेश बि क र गायिका देबी घर्तीको सुमधुर आवाज रहेको छ भने लय दिपेन्द्र ठकुरीको रहेको छ । रन्जिता गुरुङ र इश्वरी कडेलको अभिनय रहेको छ । संगीत संयोजन केशब बडूको रहेको छ ।
प्रकाश भट्टको निर्देशन, बिष्णु शर्माको सम्पादन, राजेश घिमिरेको छायांकन, साइ भिजन प्रा लि ले दृश्य निर्माण गरेको छ ।
भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोला ।








































