Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२१:३४ बिहान
- ADVERTISEMENT -

आजको बैठकबाट अन्तरिम संरचना गठन गर्न बनाएको निर्देशिका पारित

प्रकाशित मिति: २०७६ साउन २६, आइतबार

1249
Shares

काठमाडौं, २६ साउन २०७६ । नेपाली कांग्रेसले पार्टीको अन्तरिम संरचना गठन गर्न बनाएको निर्देशिका पारित गरेको छ । नेपाली कांग्रेसको मुख्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको विभिन्न तहको कार्य समिति समायोजन गर्ने गरी पार्टीको निर्देशिका पारित गरेको हो ।

साविकको कार्यसमितिलाई नै समायोजन गर्ने गरी वडा तहसम्म पनि संघीय ढाँचा अनुसारको कार्यसमिति गठन हुने गरी पार्टीको निर्देशिका पारित गरिएको कांग्रेसका सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिए । त्यसका लागि सबै जिल्लामा पार्टीको केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि खटाउनेछ ।

सहमहामन्त्री महतले भदौ २० गते भित्र प्रतिनिधिसभा तथा प्रदेश सभाको क्षेत्रीय कार्य समिति समायोजन गरी सक्ने र कार्तिक महिना भित्रै सबै कार्य समिति समायोजन गरी सक्ने निर्णय पनि गरेको बताए ।

नेपाली कांग्रेसले निर्वाचनमार्फत सबै कार्य समिति निर्माण गर्न समस्या भएको निष्कर्ष निकाल्दै सो समस्या समाधानका लागि साविककै समितिहरुलाई मिलाएर समायोजना गर्ने गरी निर्देशिका बनाएको हो ।

केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा केन्द्रीय सदस्यहरु- महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, एनपी साउँद, उमाकान्त चौधरी, दीपक गिरी, महेन्द्र यादव, बद्री पाण्डे, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, हृदयराम थानी र शिवप्रसाद हुमागाईले आफ्नो धारणा व्यक्त गरेका थिए ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक साउन २९ गते दिउँसो १ बजे पुनः बस्ने जनाइएको छ ।

त्यसैगरी इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व “ईद उल जोहा” का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लीम धर्मालम्बीलाई शुभकामनासमेत व्यक्त गरेको छ ।

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । केन्द्रीय कार्यसमितिको आजको बैठकमा केन्द्रीय सदस्यहरु- महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, एनपी साउँद, उमाकान्त चौधरी, दीपक गिरी, महेन्द्र यादव, बद्री पाण्डे, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, हृदयराम थानी र शिवप्रसाद हुमागाईले ले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

बैठकको निर्णय 

(१) नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ७२ (४) बमोजिम पार्टीको स्थानीय तहको संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएकोले विधानको धारा ५०(५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६ सर्वसम्मतिले पारित गरी लागु गर्ने निर्णय गरेको छ । यस निर्णयलाई पार्टीको आगामी महासमिति-महाधिवेशनमा पेश गरी अनुमोदन गराइनेछ ।

(२) नेपाली कांग्रेस पार्टीका तर्फबाट खोटाङ्ग जिल्ला दिक्तेल रुपाकोटा मझुवागढी नगरपालिका वडा नं। १ को खुला वडा सदस्य पदमा निर्वाचित श्री बैजनाथ रिजाल २०७६ साल अषाढ २० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरी नेपाली कांग्रेस पार्टी परित्याग गरेकोले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ दफा ३१ तथा अन्य प्रचलित नेपाल कानून बमोजिम निज निर्वाचित भएको वडा सदस्य पद स्वतः रिक्त हुने भएकोले, सम्बन्धित मन्त्रालय तथा निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गर्दछ ।

(३) इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व “ईद उल जोहा” का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लीम दिदीवहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवं स्मृद्धिका लागि कार्यसमितिको यो बैठक शुभकामना प्रकट गर्दछ ।

(४) विगत केही दिनदेखि अस्वस्थ भई उपचारार्थ अस्पताल भर्ना हुनु भएका नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व महामन्त्री प्रकाशमान सिंहको शीघ्र स्वास्थ्यलाभको यो बैठक कामना गर्दछ ।

(५) सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको रात्रिबस श्रावण २४ धादिङको वेनीघाट नजिक त्रिुशली नदीमा खस्दा धेरैको मृत्यु र त्यसमा सवार कतिपय यात्रु वेपत्ता तथा गुल्मी र बझाङमा भएको सवारी दुर्घटनामा परी अकालमै ज्यान गुमाउनुु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यसमितिको यो बैठक गहिरो दुःख प्रकट गर्दछ । साथै, शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्दछ ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७६ श्रावण २९ गते दिउँसो १ बजे पुनः बस्नेछ ।

समवेदना

नेपाली कांग्रेस झापाका महाधिवेशन प्रतिनिधि गोपालकुमार बस्नेतका पिता, इलाम जिल्ला कार्यसमितिका पूर्व सदस्य एवं प्रजातन्त्र सेनानी ९६ वर्षीय टुङ्गबहादुर बस्नेतको गत श्रावण २४ गते झापामा, नेपाली कांग्रेस जिल्ला कार्यसमिति, स्याङ्जाका कार्यवाहक सभापति वुद्धिबहादुर (कुमार) रानाको ७७ वर्षीय पिता एवं समाजसेवी टोपबहादुर रानाको गत श्रावण २३ गते स्याङ्जामा, बारा जिल्ला फेटा गाउँपालिका वडा नं। ७ का नेपाली कांग्रेसका पुराना नेता वासुदेव साह तेलीको गत श्रावण १६ गते, धनुषाको सबैला नगरपालिका वडा नं। ११ का पार्टी अध्यक्ष ५२ वर्षीय राम एकवाल यादव, नेपाली कांग्रेस सुनसरी जिल्लाका सल्लाहकार हिरालाल चौधरीको ममतामयी माता एवं ने।कां। दुहवी नगर कार्यसमितिका सदस्य मुन्ना चौधरी र नेपाल तरुण दल सुनवल नगरपालिका वडा नं। १२ का उपाध्यक्ष देवबहादुर थापा (रामु) को गत श्रावण १६ गते भएको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पुर्‍याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै बैठकले उहाँहरुको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -