Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
४:२६:३४ बिहान
- ADVERTISEMENT -

जीविकोपार्जनका लागि भन्दै नेपाल रेडक्रस सोसाइटीले वितरण गरेको वोयर बोका गाउँलेले खाएपछि

प्रकाशित मिति: २०७६ साउन २४, शुक्रबार

2361
Shares

काठमाडौं, २४ साउन २०७६ । नेपालमा एउटा उखान खुबै चर्चामा छ । पैसा तिर्नु पर्दा अमृत पनि नखाने तर निःशुल्क पाए अलकर्ता पनि खाने । यस्तै, जीविकोपार्जनका लागि भन्दै नेपाल रेडक्रस सोसाइटीले वितरण गरेको वोयर बोका गाउँलेले मासु खाएका छन् । गोरखाको सिरानचोक गाउँपालिका–३ हर्मीका प्रकाश अधिकारीलाई दिइएको वोयर बोका वुधवार वडाध्यक्षसहित स्थानीयले मिलेर खाएका हुन् ।

जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले गत मंसिर ११ गते साविकको हर्मी गाविसका प्रत्येक वडामा एक–एक वटा वोयर बोका वितरण गरेको थियो । तर अधिकारीले पाएको बोका इलाका प्रहरी कार्यालय हर्मीकै परिसरमा स्थानीयले मासु भाग लगाएका हुन् ।

वडाध्यक्ष वीरबहादुर थापाले भने, ‘प्रकाशले गाउँको समूह–फाइनान्स सबैबाट ऋण लिएको रहेछ । घरमा बुढी आमालाई छाडेर ऋण तिर्न नसकेर भागेछ, अनि गाउँलेले घरमा पालेको सबै गाईवस्तु लिलामी गरे र त्यही बोका पनि लगेर काटेका हुन् ।’ उक्त बोका काट्दा १४ हजार रुपैयाँ उठेको उनले बताए ।

संकलित रकमको केही अंश अधिकारीको आमालाई दिने उनले स्पष्ट पारेका छन् । सबैसँग सल्लाह गरेर बोका काटेर मासु बेचेको उनले जानकारी गराए । जीविकोपार्जनका लागि दिएको बोका काटेर मासु खाएपछि रेडक्रसले आपत्ति जनाएको छ । उक्त बोकाको ३० हजार रकम बराबरको बिमासमेत गरिएको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -