काठमाडौं, २०७६ साल साउन २० गते सोमबार । सरकारी कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलब सुविधा स्केल सार्बजनिक गरेको छ । सरकारले बजेटमा गरेको घोषणा कार्यान्वयन प्रक्रिया कर्मचारीको तलबबाट गरेको छ ।
बजेट भाषणमा १८ देखि २० प्रतिशत तलब बृद्धिको घोषणा गरेको थियो, तर नयाँ तलबमान सार्वजनिक भएको थिएन ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको छ । जसअनुसार मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने प्रदेश र स्थानीय तहतर्फ अधिकृत एकारौंको ५९ हजार २५ सम्म रहेको छ ।
त्यस्तै, नेपाली सेनाको प्रधानसेनापतिको तलब ६९ हजार ४८२ छ भने सेनाको तल्लो तहमा फलोअर्स प्रथम स्तरको २० हजार ७७८ रुपैयाँ छ ।
त्यसैगरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको महानिरीक्षकको तलब ६४ हजार ७२६ रुपैयाँ छ भने प्रहरी जवानको २६ हजार १९२ रुपैयाँ तोकिएको छ ।








































