Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२७:३० बिहान
- ADVERTISEMENT -

पार्टी सङ्गठन अहिले राम्रो ढङ्गले चल्न सकेन :  महामन्त्री डा शशांक कोइराला

प्रकाशित मिति: २०७६ साउन १९, आइतबार

1139
Shares

सर्लाही, १९ साउन २०७६ । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले पार्टी सङ्गठन अहिले राम्रो ढङ्गले चल्न नसकेको बताएका छन् । पार्टीमा गुटउपगुट र विभिन्न किसिमका नराम्रा पक्षहरु रहेका महामन्त्री कोइरालाले बताए ।

पार्टीको गढ मानिने प्रदेश २ मै अहिले कांग्रेसको दुर्दशा रहेको भन्दै महामन्त्री कोइरालाले गुटउपगुटले कांग्रेसलाई सबैतिर ध्वस्त गराएको तर्क गरे । प्रदेश २ कांग्रेसको गढ भनिन्थ्यो, आज यस्तो दुर्दशा छ, कारण कस्को ? हाम्रै कारण हो, कोइरालाले भने, ‘यहाँ पनि गुट र उपगुटले पार्टीलाई ध्वस्त गराएको छ ।’ आज आइतवार दिउँसो सर्लाहीको लालबन्दीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेस महामन्त्री कोइरालाले आगामी दिनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सङ्गठनलाई सुधार गर्न जरुरी रहेको बताए ।

अब एउटाले अर्कालाई दोष लगाउने भन्दा पनि पार्टीलाई बलियो बनाउन सामूहिक रुपमा लाग्नुपर्नेमा कांग्रेस महामन्त्री कोइरालाको जोड छ । केन्द्रमा त प्रदेश २ उपसभापति विमलेन्द्र निधीलाई जिम्मा लगाइदिएको भन्छन्, यो कुरा सुन्दा तपाईहरुलाई पनि राम्रो लाग्दैन्, महामन्त्री कोइरालाले भने, ‘कुनै एउटा व्यक्तिलाई जिम्मा लगाएर पार्टी चल्दैन । अब सामूहिक किसिमले अघि बढेर यो प्रदेशमा कांग्रेसलाई कसरी बलियो बनाउने भन्ने कुरामा केन्द्रित हुनुपर्ने  उनको भनाई छ ।

कोइरालाले आफू आगामी महाधिवेशनपछि पार्टी भित्रका सबै किसिमका गुटउपगुट अन्त्य गरी पहिलो पार्टी बनाउन लाग्ने उद्घोष गरे । अबको डेढदेखि दुई वर्षमा पार्टीको महाधिवेशन हुने उल्लेख गर्दै त्यसको एक वर्षपछि हुने स्थानीय निर्वाचनमा पार्टीलाई पहिलो बनाउन सशक्त किसिमले अघि बढ्नुपर्ने कोइरालाको भनाई छ ।

महामन्त्री कोइरालाकै प्रमुख आतिथ्यतामा आइतवार बिहान सदरमुकाम मलङ्गवामा पनि अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको थियो ।

कांग्रेस लालबन्दी नगर सभापति प्रशान्त आचार्यको सभापतित्वमा आयोजित कार्यक्रममा पूर्वमन्त्री द्वोय सञ्जय गौतम र शम्भुलाल श्रेष्ठ, पार्टी जिल्ला सभापति नागेन्द्र राय, पूर्व जिल्ला सभापति लक्ष्मण रायलगायतको उपस्थिति थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -