Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१०:३९ बिहान
- ADVERTISEMENT -

लोपन्मुख परम्परागत बाजाहरुको संरक्षण गर्दै मतयाः पर्व

प्रकाशित मिति: २०७६ साउन १८, शनिबार

1399
Shares

ललितपुर, १८ साउन २०७६ । नेपाली समाजमा सदियौंदेखि चल्दै आएको लोपन्मुख परम्परागत बाजाहरु वर्षमा एक पटक भए पनि बजाएर प्रदर्शनी हुँदै आएको छ ।

करिब एकहजार ४५० वर्ष अघिदेखि ललितपुरमा निरन्तर रुपमा संचालनमा आइरहेका परम्परागत, ऐतिहासिक, लोकप्रिय न्यकूजात्रा मतयाः (श्रृङगमेरी–दीपयात्रा)को अवसरमा ती लोपन्मुख बाजाहरुको प्रदर्शनी हुँदै आएको छ । पाटनका दश टोलहरुले पालैपालो संचालन गर्ने उक्त पर्वमा दिवंगतहरुको सम्झनामा हिन्दु तथा बौद्ध धर्मालम्बीहरुले बौद्ध मठ, मन्दिर, चैत्य, वहाः र वहीहरुको परिक्रमा गरी मनाउने गर्दछन । परिक्रममा स्थानीय बासिन्दाहरुले लोपन्मुख बाजाहरु मंगलबजार, कुम्भेश्वर, बुंगमति, स्वयम्भूनाथलगायतका स्थानमा बजाउने गर्दछन ।

नौ बाजाको रुपमा बजाइने यस बाजालाई गुँलाबाजा व पर्वलाई गुँलापर्वको रुपमा प्रख्यात भए तापनि अठारवटा परम्परागत बाजाहरुको यस अवसरमा प्रदर्शनी हुने गर्दछ ।
भैंसीको सिङगबाट बनाइएको विशेष प्रकारको बाजाहरुको साथमा मृदङग, धाःबाजा, दमोखिं, दबदब, कासीबाजा, ढोलक, कोखिं, नगडा, जो नगडा, मगःखिं, संघबाजा, ब्या बाजा, नायखिं, खईजरी, बाँसुरी, खिं, धिमे, दह लगायतका लोपन्मुख बाजा त्यस अवसरमा बजाइन्छ ।

परम्परागत बाजाहरुको विशेष प्रदर्शनी यसवर्षको मतयाः पर्व आयोजना गर्ने पालो हौगल टोललाई परेको न्यकूजात्रा मतयाः संचालन समिति, क्षेत्र नं. ६ का सल्लाहकार रवीन्द्रराज ताम्रकारले बताउनुहुन्छ ।

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी, प्रदेश सदस्यहरु ज्ञानेन्द्र शाक्य, शोभा शाक्य, ललितपुर महानगरका उपमेयर गीता सत्याल, वडा अध्यक्षहरुलगायत दश टोलका प्रतिनिधिहरुको उपस्थितिमा हौगल टोलका दश वर्षका वालकलाकारदेखि साठीवर्षसम्मका सयौं कलाकारहरुले ती परम्परागत बाजाहरुको विशेष प्रदर्शन गरेका थिए ।

ललितपुर नगरक्षेत्रका दश टोलहरु नकबहील, मंगलबजार, चक्रबहिल, नागबहाल (इखाछें), बुबहाल, हौगल, ओकुबहाल, इखालखु, कोबहाल तथा सौगल टोलले पालै पालो गरी यो पर्व मनाउंदै आइरहेको ताम्रकार समाजका अध्यक्ष समेत रहनु भएका उहाँले ऐतिहासिक, परम्परागत मतयाः पर्वको धार्मिक, सांस्कृतिक एवं सामाजिक महत्व रहेको बताउनुभयो ।

अहिलेको अवस्थामा मतयाः पर्व संचालनको लागि करीब २२ लाख खर्च हुने बताउँदै समितिका अध्यक्ष धर्मकृष्ण ताम्रकारले बताउनुभयो ।
यस वर्ष श्रृंगभेरी मतयाः पर्व यही साउन ३२ गते शनिवारका दिन परेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -