Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:३० बिहान
- ADVERTISEMENT -

राज्यको सङ्घीय संरचना अनुसार नै पार्टीको नयाँ संरचना बनाउने निर्णय : नेपाली काङ्ग्रेस

प्रकाशित मिति: २०७६ साउन १८, शनिबार

1162
Shares

ललितपुर, १८ साउन २०७६ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले राज्यको सङ्घीय संरचना अनुसार नै पार्टीको नयाँ संरचना बनाउने निर्णय गरेको छ ।

अब काँग्रेसको संरचना पार्टीको विधानको सङ्क्रमणकालीन व्यवस्था अनुसार हुने छ । नयाँ संरचनामा जाँदा सबै कार्यकारी समितिमा महिलाको सङ्ख्या कम्तीमा ३३ प्रतिशत सुनिश्चित हुने छ ।

यसैगरी, संस्थापन इतरका केन्द्रीय सदस्यहरूले जारी बैठकबाटै महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने अडान राखे पनि मङ्सिर मसान्तपछि बस्ने बैठकबाट टुङ्ग्याउने निर्णय गरेको हो ।

ललितपुरको सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा बसेको बैठकले विधानबमोजिम सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको विभाग तथा समितिहरू गठनका लागि निर्देशिका बनाएर अर्को बैठकमा पेस गर्न निर्देशन दिएको छ । अर्को बैठक साउन २२ गते बस्नेछ ।

केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार बैठकले अन्तरिम व्यवस्थापन कसरी गर्ने सम्बन्धमा निर्देशिका बनाउने, १३औँ महाधिवेशनमा प्रस्तुत गरिएको क्रियाशील सदस्यको सूचीलाई मङ्सिरभित्रै अद्यावधिक गर्ने र मङ्सिरपछि बस्ने बैठकले महाधिवेशनको कार्यतालिका बनाउने निर्णय गरेको छ ।

पार्टीको १३औँ महाधिवेशन अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताबारे निर्णय गरेको थियो ।

उक्त निर्णयमा पनि केही त्रुटि र अद्यावधिक गर्नुपर्ने भएकाले मङ्सिरसम्मको म्याद दिइएको विश्वकर्माले जानकारी दिनुभयो । शुक्रबार बसेको बैठकमा उपसभापति विमलेन्द्र निधिले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना संयोजन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले भने राष्ट्रिय जागरण अभियानको प्रथम चरणको प्रतिवेदन प्रस्तुत गर्नुभयो । अभियान वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म चलेको थियो । -गोरखापत्र दैनिकबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -