ललितपुर, २०७६ साल साउन १७ गते शुक्रबार । हिन्दु नारीहरुको महान चाड तीज नजिकिदै गएको सन्दर्भमा नारायण रायमाझीको परिकल्पनामा मर्म स्पर्शी, यथार्थ रहेको भाका “हे मेरी आमा” बोलको भिडियो सार्बजनिक गरिएको छ ।
पछिल्लो समय तीज गीतमा भड्किला गीत बढी आइरहेको अहिलेको परिबेशमा मर्म स्पर्शी, यथार्थ तीजका गीत हराउदै गइरहेको अवस्थामा पछिल्लो समय गीत सुन्दै जादा हेर्दै जादा भाबुक बनाउने तीजको गीत सार्बजनिक भएको छ ।
“हे मेरी आमा” बोलको गीतमा गायिका देवी घर्तीको सुमधुर आवाजमा चर्चित लोक दोहोरी गायक रमेश बिजीको शब्द\रचना रहेको छ ।
लय\संगीत नारायण रायमाझी र बिरही कान्छाको रहेको छ भने एरेन्ज बि बि अनुरागीले गर्नु भएको छ ।
कलाकारहरुमा अनुष्का अधिकारी, हिमाला गौतम, रमेश के सी मट्टारे,अप्सरा अधिकारी, देबेन्द्र बब्लु, हरि अधिकारी, बिन्दु खड्का, सुमित्रा तामाङ्ग,एलीना ठकुरी,,सरु राई,सोनीका गजमेर,बिपना के सी र सन्देश रायमाझी रहनु भएको छ ।
उक्त भिडियोको छायांकन\सम्पादन तथा कलर मिराज अर्यालले गर्नु भएको छ ।
साउण्ड मिक्सीड्ड श्यामस्वेत रसाईलीको, बासुरीमा गोपाल देव, सारंगीमा धर्म गन्घर्व, मादलमा पोषण घर्ती, गिटारमा राजकुमार समाल, रेकर्डिड्डमा तेजेन्द्र गुरुङ्गले गर्नु भएको छ ।
रेकर्डिड्ड तथा भिडियो निर्माणमा रिमा फिल्मस्ले साथ दिएको छ ।
भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोला ।








































