काठमाडौं, १५ साउन २०७६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त भएका नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का युवा नेता योगेश भट्टराईलाई नेपाली कांग्रेसका युवा नेता गगन थापाले बधाइ दिएका छन् ।
बुधबार ४ बजे राष्ट्रपति निवास सितल निवासमा नेता भट्टराईले सपथग्रहण गरेलगत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता थापाले मन्त्री भट्टराईलाई बधाइ दिएका हुन् ।
बधाइ तथा सफलताको शुभकामना व्यक्त गर्दै नेता थापाले मन्त्री भट्टराईको सफलतासँग नेकपाको मात्र नभएर युवा पुस्ताका राजनीतिकर्मीहरूको आशा र विश्वार जोडिएको बताएका छन् ।
‘योगेश भट्टराई दाइ संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्। मन्त्रीको रूपमा तपाईंको सफलता तपाईं र तपाईंको पार्टीसँग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिकाे आशा र विश्वाससँग जाेडिएकाे छ। मुरी मुरी शुभकामना’, नेता थापाले फेसबुकमा लेखेका छन् ।
Yogesh Bhattarai दाइ संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्। मन्त्रीको रूपमा तपाईँको सफलता तपाईँ र तपाईँको पार्टी संग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिकाे आशा र विश्वास संग जाेडिएकाे छ। मुरी मुरी शुभकामना ।








































