Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०४:४१ बिहान
- ADVERTISEMENT -

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा आगामी महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा छलफल

प्रकाशित मिति: २०७६ साउन १०, शुक्रबार

967
Shares

काठमाडौं, १० साउन २०७६ । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार पनि आगामी महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा छलफल भएको छ । बिहीबारबाट कांग्रेसमा विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्बन्धमा छलफल सुरु भएको हो ।

शुक्रबारको बैठकमा पनि पार्टीको संगठनलाई संघीय संरचनाअनुसार विस्तारका क्रममा सहमति गर्ने कि निर्वाचन प्रक्रियामा जाने भन्ने विषयमा केन्द्रीय सदस्यहरु विभक्त भएका छन् । बैठकमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुले सहमतिमै रिक्त संरचनाहरुलाई पूर्णता दिनुपर्नेमा जोड दिएका छन् ।

तर, संस्थापन इतर समूहका केन्द्रीय सदस्यहरुले भने विधानअनुसार संक्रमणकालीन व्यवस्थाअनुसार रिक्त संचरनामा पदपूर्ति गर्नुपर्नेमा जोड दिए । शुक्रबारको बैठकमा धारणा राख्दै सिटौला समूहनिकट केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीका रिक्त संरचनाहरु गठनका लागि विधानले गरेको व्यवस्था अनुरुपनै हुनुपर्नेमा जोड दिए । शीर्ष नेताले केन्द्रमा सहमति गरेर तल्लो तहमा समिति बन्न नसक्ने जिकिर गर्दै नेता पौडेलले सहमति गर्नुपरे पनि प्रक्रियामै गएर गर्नुपर्ने बताए । “संक्रमणकालीन व्यवस्था प्रयोग गरेर तलको संरचना निर्माण गर्नुपर्छ । व्यवस्था प्रयोग गर्ने कि नगर्ने भन्ने कुरा हो । गर्न चाहने हो भने छ महिनाभित्रै संक्रमणकालीन व्यवस्था प्रयोग गरेर तलका संरचना निर्माण गर्न सकिन्छ । ७७ जिल्ला मध्येमा सबैभन्दा दुर्गममा मलाई पठाउँदा पनि हुन्छ,” उनले बैठकमा भने ।

तर, संस्थापन पक्ष भने छ महिनामा निर्वाचन गरेर रिक्त संरचनाहरु विस्तार गर्दा विधानले निर्धारण गरेको मितिमा आगामी महाधिवेशन गर्न सम्भव नहुने दाबी गर्दै सहमतिमै जोड दिइरहेको छ । “संक्रमणकालीन व्यवस्था कार्यान्वयन गर्दा विधानले निर्धारण गरेको मितिभित्र अधिवेशन गर्न सम्भव हुँदैन । त्यस कारण सहमतिमै अगाडि बढ्नुपर्छ,” संस्थापन पक्षीय केन्द्रीय सदस्य एनपी साउँदको भनाइ थियो ।

संस्थापन इतर मानिने केन्द्रीय सदस्य धनराज गुरुङले भने बैठकमा छुट्टै प्रस्ताव गरेका छन् । उनले केन्द्रीय कार्यसमिति बैठक सकिएलगत्तै तत्कालीन दुई सय चार निर्वाचन क्षेत्रलाई आधार बनाएर क्रियाशिल सदस्यता वितरण गर्नुपर्ने र महाधिवेशनको मिति तोकिनुपर्ने धारणा राखे ।

“महाधिवेशन एकदमै नजिक आइसक्यो । समय अपुग हुँदैछ । संक्रमणकालीन व्यवस्थामा जाने हो भने ५-६ महिना त्यसै खान्छ । त्यसैले साविककै (२४०) क्षेत्रमार्फत आजैबाट क्रियाशील सदस्यता वितरण सुरु गरौं,” उनले भने, “संक्रमणकाल भनेर बस्यौं भने वैधानिक अड्चनहरु पनि छन् । लोकतान्त्रक फोरम कांग्रेसमा विलय भएको छ । उसलाई किनारामा टुलुटुलु हेरेर बस् भन्दै हामी चुनाव लड्न मिल्दैन । अहिले नै महाधिवेशनको मिति तोकौं ।”

कांग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै आएका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेशनको तयारीका बारेमा पदाधिकारीको धारणा माग गरे । “पदाधिकारीहरुको प्रस्ताव के हो पहिला त्यो भन्नुस् । पार्टी त तपाईंहरुकै प्रस्तावअनुसार अगाडि बढ्छ । यो विषयमा तपाईंहरुको प्रस्ताव आइसकेपछि त्यो प्रस्ताव कति स्वाभाविक छ, त्यसअनुसार अगाडि कुरा गर्न सकिन्छ,” नेता सिटौलाले बैठकमा राखेको धारणा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

बैठकमा केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा। मीनेन्द्र रिजाल, एनपी साउँद, जीवनबहादुर शाही, धनराज गुरुङ, महेन्द्र यादव, बद्री पाण्डे, प्रदीप पौडेल, पार्वता डीसी चौधरी, श्यामकुमार घिमिरे र रामकृष्ण यादवले आ-आफ्नो धारणा व्यक्त गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक साउन १२ गते आइतबार दिउँसो १ बजे पुनः बस्ने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -