बर्दिया, ४ साउन २०७६ । कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इन्जिनियर १५ लाख घुससहित पक्राउ परेका छन् ।
शनिबार बर्दियको गेरुवा गाउँपालिकाबाट इन्जिनियरहरु कमल सिटौला, विशेश्वरप्रसाद शाह र हरीप्रसाद चौधरीलाई अख्यितारको टोलीले १५ लाख घुससहित नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले इन्जिनियर त्रयलाई घुस रकमसहित नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । ‘तीनै जनालाई १५ लाख घुससहित नियन्त्रणमा लिएका छौँ’, ‘बाँकी अनुसन्धान हुँदैछ।’ भन्नुभयो ।
पक्राउ परेका तीनै जनालाई हिरासतमा लिई आवश्यक अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।








































