काठमाडौँ, ३० असार २०७६ । सिटी एक्सप्रेस फाउण्डेशनद्वारा ‘मानव सेवा आश्रम’लाई आर्थिक सहयोग प्रदान गरेको छ । १३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउण्डेशनद्वारा एक लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले शुक्रबार आफ्नो १३ औँ बार्षिकोत्सवको उपलक्ष्यमा मानव सेवा आश्रमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित सिटी एक्सप्रेस फाउण्डेशनद्वारा मानव सेवा आश्रमका प्रमुख संरक्षक डा गोविन्द टण्डन लाई उक्त रकम हस्तान्तरण गर्नु बहेको थियो ।
मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले आगामी दिनहरुमा पनि साथ र सहयोग रहने बताउनु भयो ।








































