गोरखा, ३० असार २०७६ । गएरातिको बर्षाले गोरखाको पालुङ्टार नगरपालिका १० मा छ घर पहिरोको जोखिममा रहेको छ ।
बागडाडास्थित रेशमबहादुर अधिकारीको घर पहिरिएको उपमेयर पम्फा बसेलले जानकारी दिनु भयो ।
सोही वडाको धौखोलास्थित अमृत बिक, डिलबहादुर बिक, टिकामान बिक, बाबुराम बिक, दीपक बिक र हिराबहादुरबिकको घर जोखिममा रहेको वडा अध्यक्ष ऋषिराम धौरालीले जानकारी दिनु भयो ।
घरसंगैको सडकको नालामा बगेको पानीको भेलका कारण पहिरो घरसम्मै पुगेको उहाले बताउनु भयो ।









































