- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भारतीय नाकाबाट नेपाल आउने तरकारी तथा फलफूलमा गरेको बिषादी परिक्षण गर्न नदिएको बिरुद नेबिसंघद्वारा आन्दोलनका कार्यकम सार्बजनिक

July 7, 2019
1403
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २२ असार २०७६ । नेपाल बिधार्थी संघले आज एक बिज्ञप्ति जारी गर्दै ६ दिने आन्दोलनको कार्यक्रम तालिका सार्बानिक गरेको छ । नेपाल बिधार्थी संघ, नेपालको राजनैतिक एब सामाजिक आन्दोलनको धोतक संगठन मात्र नभई आम जनजीबनका सवालमा समेत बुलन्द ढंगबाट आवाज मुखारित गर्दै आइरहेको सर्बबिदितै रहेको छ ।

यसै क्रममा हाल नेपाल सरकारले भारतीय नाकाबाट नेपाल आउने तरकारी तथा फलफूलमा गरेको बिषादी परिक्षण गर्ने कार्य स्वगन गरी आम नागरिकको स्वास्थ्यसंग गम्भीर खेलबाड गर्ने कार्य मात्र गरेको छैन, कथित राष्ट्रबादी मुखुण्डो समेत उदान्ग्याएको छ ।

- ADVERTISEMENT -

Advertisement

यस प्रकार आम जनतामारा निर्णयका विरुद्ध आन्दोलनमा हुमिनुको कुनै विकल्प नरहेको निष्कर्षका साथ नेपाल बिधार्थी संघले आन्दोलनका कार्यकम सार्बजनिक गरेको छ ।

नेपाल बिधार्थी संघ भित्रको बर्तमान संक्रमणकालिन अवस्था समेतलाई ध्यानमा राखेर आ-आफ्नो ठाउ बाट सहयोग गर्न आग्रह समेत गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

आन्दोलनका कार्यक्रम

१ असार २३ गते देशभरका क्याम्पस अगाडी विषक्त तरकारी \ फलफुल प्रदशन गर्ने

२ असार २४ गते ७७ वटै जिल्लाहरु बाट प्रधानमन्त्रीलाइ  विषक्त तरकारी \ फलफुल (सी डी यो कार्यालय) मार्फत उपहार पठाउने

३ असार २५ गते विषक्त तरकारी \ फलफुल बहिस्कार कार्यक्रम तथा प्रचार-प्रसार सामाग्री पर्चा वितरण गर्ने ।

४ असार २६ गते मसाल जुलुस निकाल्ने

६ असार २७ गते माइतीघर मण्डलामा बृहत प्रदशन तथा सभा गर्ने प्रेस बिज्ञप्ति मार्फत ने बि संघले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com