- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण नगर्ने निर्णयप्रति आपत्ति जनाउँदै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग

July 7, 2019
785
Shares
- ADVERTISEMENT -

काठमाडौं, २२ असार २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण नगर्ने निर्णयप्रति आपत्ति जनाउँदै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेको छ ।

आज प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जनताको स्वास्थ्यमाथि गम्भिर खेलबाड हुने गरी सरकारले लिएको सो निर्णयबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनले सरकारले भारतसामु लम्पसारवादी नीति लिएकै कारण सो निर्णय लिएको आरोप पनि लगाए । प्रमुख सचेतक खाँडले जनताको स्वास्थ्यमाथि गम्भिर आघात पुर्याउने गरी निर्णय लिएर सरकारले शक्तिराष्ट्र भारतसामु निरिहता प्रकट गरेको पनि बताए । सरकारले जनताको स्वास्थ्यमाथि गम्भिर आघात पुग्ने गरी सो निर्णय लिएकाले त्यसप्रति आफ्नो पार्टीको आपत्ति रहेको प्रमुख सचेतक खाँडको भनाइ छ ।

प्रमुख सचेतक खाँडले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले गैरकानुनी ढंगले हत्या गरेको दावी गर्दै त्यसप्रति निन्दा पनि व्यक्त गरे । सरकारले पौडेललाई संविधान र कानुनको बर्खिलाप हुने गरी हत्या गरेर मानव अधिकारको समेत गम्भिर उलंघन गरेको उनको दावी थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com