- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कांग्रेस अब मिसन र भिजनका साथ अघि बढ्नुपर्ने

July 6, 2019
695
Shares
- ADVERTISEMENT -

चितवन, २१ असार २०७६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस अब मिसन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस (भरतपुर) ले आज (शनिबार) आयोजना गरेको एकदिने प्रशिक्षण कार्यक्रम उद्घाटन समारोहमा उहाले यस्तो बताउनु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको विचार व्यक्त गर्नुभयो । राजनीतिमा मिसन र भिजन नहुँदा सम्मानित क्षेत्रका रूपमा विकास हुन नसकेको उहाले बताउनु भयो ।

राजनीतिमा मिसन नहुँदा जनतामा वितृष्णा बढेर गयो। यसकारण राजनीतिले ठीक दिशा लिन सकेको छैन।’ उहाले भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

उहाले ७० वर्षको संघर्षपछि आएको परिवर्तन संस्थागत हुन नपाउँदै राजनीतिमा फेरि अन्योल छाएको बताउनु भयो ।

फरक प्रसंगमा उनले नेपाल विद्यार्थी संघ गुटमा लाग्न नहुने सुझाव दिनु भयो । नेविसंघ स्वचालित हुन आवश्यक रहेको बताउँदै ‘नेताबाट सञ्चालित होइन देश र जनताका लागि आफैँ सञ्चालित हुन आवश्यक छ।’ उहाले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com