Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४७:४४ बिहान
- ADVERTISEMENT -

ईच्छाकामनामा स्वास्थ्य जनचेतना बढ्दै, सुत्केरी गराउने बढदै

प्रकाशित मिति: २०७६ असार २१, शनिबार

1563
Shares

मुग्लिन, २१ असार २०७६ । चितवनको एक मात्र गाउँपालिका ईच्छाकामनामा स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि भएको छ ।

पछिल्लो समयमा जनचेतना बढ्दै गएपछि यहाँ हरेक वर्ष स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि हुदैँ गएको हो ।

गाउँपालिकाभित्र रहेका पाँचवटा स्वास्थ्यचौकीमा गत आर्थिक वर्ष २०७४/७५ मा १३२ जनाले सुत्केरी गराएको गाउँपालिकाका स्वास्थ्य प्रमुख धनकुमार खड्काले जानकारी दिनुभयो ।

खड्काका अनुसार उक्त आर्थिक वर्षमा ५१६ जनाले पहिलो गर्भ जाँच गराएका थिए ।  भने नियमित चार पटक १४० जनाले गर्भ जाँच गराएका थिए । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा बढी हो ।

यसैबीच आर्थिक वर्ष २०७५/७६ को साउनदेखि चैत मसान्तसम्मको नौ महीनामा ७९ जनाले स्वास्थ्य संस्थामा सुत्केरी गराएका छन् ।

त्यस्तै ३४० पहिलो गर्भ जाँच गराएकामध्ये १४० जनाले भने चार पटक गर्भजाँच गराएका थिए ।

खड्काका अनुसार गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थामा गर्भजाँच गराएकामध्ये केहीले भरतपुरलगायत अन्य स्वास्थ्य संस्थामा सुत्केरी गराउने गरेका छन् ।

पछिल्लो समयमा स्वास्थ्यचौकीमै गएर सुत्केरी गराउनुपर्छ भन्ने जनचेतना र स्वास्थ्यचौकीले दिने २४ घण्टे सेवाका कारण स्वास्थ्यचौकीमा सुत्केरी गराउनेको सङ्ख्यामा बढेको खड्काले बताउनुभयो । साथै स्वास्थ्य संस्थामा गर्भवती गराउनेलाई गाउँपालिकाले हर्लिक्स र सुपको निःशुल्क व्यवस्था समेत गरेको छ ।

स्वास्थ्य संस्थामा छोरी जन्माउनेलाई बैँकमा खाता खोली रु १० हजार रकम जम्मा गर्ने व्यवस्था गरेको छ ।

वडा न ४ पूर्ण संस्थागत सुत्केरी

वडा न– ४ पूर्ण संस्थागत सुत्केरी वडा भएको छ । सरकारले तोकिएको मापदण्ड पूरा गरेपछि पूर्ण संस्थागत सुत्केरी वडा भएको हो ।

दारेचोक स्वास्थ्य चौकीका इन्चार्ज हरि देवकोटाका अनुसार आर्थिक वर्ष २०७५/७६ को साउनदेखि जेठ महीनासम्म यस वडामा १३१ मध्ये ६ जनाले मात्र घरमै सुत्केरी गराएको पाइएको छ ।

संस्थागत सुत्केरी गराउनेको सङ्ख्यामा ९५,५ प्रतिशत हो । पूर्ण संस्थागत सुत्केरी घोषाणा गर्न ९५ प्रतिशतले स्वास्थ्य संस्थामा सुत्केरी गराएको हुनुपर्ने छ ।रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -