- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भिमसेनथापा गाउँपालिकाको आ व २०७६÷०७७ को बार्षिक नीति तथा कार्यक्रम सार्बजनिक ( पूर्ण पाठ सहित )

July 5, 2019
2955
Shares
- ADVERTISEMENT -

गोरखा, २० असार २०७६ । भिमसेनथापा गाउँपालिकाको आ व २०७६÷०७७ को बार्षिक नीति तथा कार्यक्रम सार्बजनिक गरिएको छ ।

आ व २०७६÷०७७ का लागि भिमसेनथापा गाउँपालिका गाउँ सभामा प्रस्तुत बार्षिक नीति तथा कार्यक्रम गाउँ सभाका सदस्यहरु,

- ADVERTISEMENT -

Advertisement

कर्मचारीवर्ग,

 पत्रकार मित्रहरु

- ADVERTISEMENT -

Advertisement

 तथा उपस्थित सम्पूर्ण महानुभावहरु,

नेपालको संविधानमा निहित जनताको सार्वभौम अधिकार, स्वायत्तता र सुशासनको अधिकारलाई आत्मसात गर्दै, भिमसेनथापा गाउँपालिकावासी नागरिकको नजिकको स्थानीय सरकारको रुपमा जन-भावनाको कदर गर्दै ,वहुजातीय, वहुभाषीय, वहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त यस गाउँपालिकाको विशिष्ट विशेषतालाई बोध गर्दै आर्थिक समृद्धि, सामाजिक एकता र सद्भाव, सामाजिक न्याय सुनिश्चित गर्दै समतामूलक समाज निर्माणको अभियानमा यो गाउँपालिका अगाडि वढिरहेका कुरा यहाँहरुलाई सर्वविदितै छ ।

यसका लागि जनमुखी, पारदर्शी, स्वच्छ र उत्तरदायी एवं सुशासन युक्त प्रशासनको माध्यमबाट यस गाउँपालिकालाई समृद्ध, वैभवशाली, पर्यटकीय गन्तव्य र नमुना स्थानीय तह निर्माण गर्ने कार्यमा हामी दृढसङ्कल्पित छौं ।

समृद्धि र विकासको प्रचुर सम्भावना बोकेको यस गाउँपालिका बुढीगण्डकी जलाशयको काखमा महत्वपूर्ण पर्यटकीय स्थल बन्ने सुन्दर सपना देख्दै आज सम्वत २०७६ साल असार २० गते यस गाउँपालिकाको अध्यक्षको हैसियतले यस गरिमामय पाँचौं गाउँसभामा यस गाउँपालिकाको आ। व। २०७६÷०७७ को वार्षिक नीति र कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवको अनुभूति गरेको छु ।

१ परिचय

१।१ स्थानीय तहको संक्षिप्त परिचय

मुलुकको राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमान कायम राख्ने सन्दर्भमा इतिहासका पानामा वीरतापूर्वक रक्तरञ्जित इतिहास रच्न सफल राष्ट्रप्रेमी कुशल शासक भिमसेनथापाको विश्रान्ति स्थलको रुपमा परिचित यस भिमसेनथापा गाउँपालिका गोरखा जिल्लामा गठित स्थानीय तहहरुमध्ये ऐतिहासिक राजनीतिक महत्व बोध गराउने विशिष्ट प्रकृतिको गाउँपालिका हो ।

नेपाल आमाकी वीर सपूत भिमसेनथापाका राष्ट्रियता, इमान्दारिता, कर्तब्यबोध, भष्ट्राचाररहित शासन सञ्चालन प्रणाली कुशल नेतृत्वदायी राजनेता जस्ता उच्च गुणहरुको सम्मान गर्दै, त्यसप्रति गौरव गर्दै र उनका राजकीय नेतृत्वको अनुकरण गर्ने प्रयत्न गर्दै हामी अघि वढिरहेका छौं ।

हाम्रो यस ऐतिहासिक गाउँसभा मार्फत भिमसेन थापा लगायत इतिहासका विविध कालखण्डमा देश र जनताका खातिर निस्वार्थ भावले प्राण उत्सर्ग गर्ने सवै महान शहिदहरु प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु ।

आफ्नो राजनीतिक जीवनको अनन्त यात्रासम्म तिनै वीर शहीदका सपना पूरा गर्न शहीदहरुले देखाएको मार्गवाट निरन्तर अघि वढिरहने विश्वास समेत प्रकट गर्न चाहन्छु ।

पूर्वमा वुढीगण्डकी, दक्षिण– पश्चिममा गोरखा नगरपालिका र शहीद लखन गाउँपालिका तथा उत्तर सुलिकोट र आरुघाट गाउँपालिकाको वीचमा अवस्थित यस गाउँपालिकामा सबैखाले भूगोल र विविध प्राकृतिक सम्पदा तथा विकासको सम्भावना रहेको छ । एकातिर राष्ट्रिय गौरवको आयोजना वूढीगण्डकी जलाशय निर्माण हुँदा यहाँ थुप्रै पर्यटकीय विकासका अवसर पनि आउँदैछन भने अर्काेतिर अत्यन्त उत्पादकत्व भएका जमिन डुब्ने हुनाले विस्थापित क्षेत्रका जनताका निम्ति नयाँ वस्ती निर्माण, सामाजिक संरचनाको वनोट, जातीय, धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण गर्ने कार्यमा चुनौति पनि रहेको छ । यी चुनौतिहरुको सामना गर्ने दिशामा हामी वृहत् कार्य योजनाका साथ अघि बढिरहेका छौं ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि, सिंचाई, पर्यटन उद्योगधन्दा विद्युत अवस्था आदिको पूर्वाधारलाई सुधार गर्दै जनसहभागिता सहितको दीगो आर्थिक विकास अभियानमा हामी जुटिरहेका छौं ।

यस वर्ष हामीले “कृषि पर्यटन र पूर्वाधार भिमसेनथापा गा पा  सम्वृद्धिको मूलआधार” नारा तयार गरेका छौं ।

उल्लेखित नारालाई व्यवहारिक रुपान्तरण गर्नको लागि यसै बार्षिक नीति तथा कार्यक्रम मार्फत भिमसेनथापा गाउँपालिकाको विकास र समृद्धिमा निरन्तर लागिरहने प्रतिवद्धतासमेत व्यक्त गर्न चाहन्छु ।

१।२ विद्यमान अवस्थाको समीक्षा

आदरणीय सभासद्ज्यूहरु,

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पुःनर्संरचनादेखि स्थानीय तहको निर्वाचन पश्चात यस गाउँपालिकामा हामीले नेतृत्व सम्हालेको दुई वर्ष व्यतित भैसकेको छ । लोकतान्त्रिक शासन, विधि र पद्धतिको प्रयोग गर्दै हामी एउटा समझदारीका साथ नयाँ युगमा प्रवेश गरिसकेका छौं । हामीले लिएको नीति, कार्यक्रम र प्राथमिकताका क्षेत्रमा रहेका कार्य र प्रगति विवरण यहाँहरु समक्ष राख्न चाहन्छु ।

१।२।१ सवल पक्ष तर्फ

गत आ व २०७५÷०७६ को सामान्य समीक्षा गर्दा हामीले लिएको वार्षिक नीति र कार्यक्रम तथा विनियोजन गरिएका बजेटहरु महत्वकांक्षी हुँदा हुँदै पनि क्रमश : यिनीहरु वास्तविकतातर्फ उन्मुख हुदैछन् । हामीले अहिलेसम्म चलाएका विकास निर्माणका योजनाहरुले गाउँपालिकाले समृद्दिको यात्रा तय गरिसकेको छ । उज्यालो अभियानले वस्तीहरुमा सकारात्मक प्रभाव पारेको अनुभति भएको छ । यो अभियानलाई पनि निरन्तरता दिइनेछ । बिद्युत लाइनलाई व्यवस्थित पार्ने क्रममा आगामी वर्षभित्र काठेपोलहरु विस्थापित हुनेछन् । पम्पिङ खानेपानी योजनाहरुको निर्माण कार्य द्रुत गतिमा अगाडि बढ्दैछन्, वगुवा खेत, चारधारे पम्पिङ खानेपानी योजनाको डि पि आर तयार भईसकेको छ ।

अन्य महत्वपूर्ण खानेपानी योजनाको डि पि आर कार्य यस आ व मा सम्पन्न गरिनेछ । यसवाट सम्पुर्ण पालिकामा एक घर एक धारा अभियान सफल हुने विश्वास लिएको छु । नमुना विद्यालय अवलोकन भ्रमण, १९ बुँदे घोषणा पत्र ,शैक्षिक कार्य योजना, विद्यालय एकत्रित (मर्ज), दरबन्दी मिलान, उपलब्धीको आधारमा तहगतरुपमा शिक्षकहरु तथा विद्यालयहरुलाई पुरस्कृत गर्ने परिपाटीको थालनी, पालिका स्तरीय शैक्षिक कार्यक्रममा एकरुपता, नमुना विद्यालय विकास, सम्पूर्ण विद्यालयहरुमा इ सि डी कक्षा व्यवस्थापनका लागि दातृ निकायसँगको संयुक्त लगानीमा बजेट विनियोजन, इ सि डी सहजकर्ताहरुको आन्तरिक तलव वृद्धि, विद्यार्थी सहयोग कार्यक्रम एवं माध्यमिक विद्यालयहरुमा विज्ञान प्रयोगशाला, पुस्तकालयमा आइ सि टि ल्याव, आधारभूत शिक्षा उत्र्तीण परिक्षा प्रणाली सुधार, पालिका स्तरिय अतिरिक्त क्रियाकलाप जस्ता कार्यले शैक्षिक क्षेत्रमा आमुल परिवर्तन हुन गई शैक्षिक उपलब्धीका दृष्टिले हाम्रो गाँउपालिका गोरखा जिल्लामा नै उत्कृष्ट बन्ने आशा लिएको छु ।

खेलकुद मैदान निर्माण ,सामग्री खरिद ,पालिका स्तरीय राष्टपति रनिङशिल्ड जस्ता प्रतियोगिता आयोजनाले खेलकुद क्षेत्रको विकासमा पनि गति लिएको छ । विभिन्न योजना तथा जनचेतनामूलक कार्यको माध्यमबाट महिला उत्थान, गाउँपालिका भित्र भिमसेनथापा चक्रपथ निर्माण गर्न डि पि आर तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

आगामी आ व देखि चक्रपथ निर्माण कार्य दु्रततर गतिमा अघि बढ्नेछ । सबै वडाहरुलाई सडक सञ्जालले जोडने काम पुरा भइसकेको हुनाले आगामी आ व देखि एक वडा एक वलियो सडक अभियानको रुपमा अघि बढाइनेछ । दामासाहीले भन्दा आवश्यकतामा आधारित वजेट विनियोजन गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।

राष्ट्रिय भवन आचारसंहिता अनुरुप भवन निर्माण गर्ने, सूचना प्रविधि केन्द्रको निर्माण गर्ने, पर्यटन विकासको गुरुयोजना तयार गर्ने, खेतीयोग्य जमिनमा सिंचाईको व्यवस्था गर्ने, वहुप्राविधिक शिक्षालय स्थापना गर्ने, सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि गर्ने, १५ शैयाको अस्पताल स्थापना गर्ने, एम्वुलेन्स र सववाहन सञ्चालन गर्ने, अनाथ वाल आश्रम स्थापना गर्ने, जेष्ठ जागरिक आश्रम स्थल बनाउने, प्राङ्गारिक उर्जा उपजको प्रयोग गर्ने, विपद् व्यवस्थापनको प्रतिकार्य योजना बनाउने वुढिगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रवाट विस्थापितहरुको वसोवास वैज्ञानिक ढंगले गर्ने गराउने कार्यलाई सहजीकरण गरिेनेछ ।

यसका साथै तात्कालिक र दीर्घकालीन विशिष्ट प्रकृतिका थप कार्यक्रमहरु समेत यो आ व मा समावेश गर्ने प्रयत्नमा छौ ।

१।२।२ कमजोर पक्ष तर्फ़

निर्वाचित भएर आए पछि आगामी ५ बर्ष भित्र हामीले यस गाउँपालिकालाई समृद्ध बनाउने उद्देश्यका साथ नीति, कार्यक्रम,योजना निर्माण र बजेट विनियोजन गर्ने र त्यसको प्रभावकारी कार्यान्वयन गर्ने क्रममा नयाँ खाले राज्य संरचना, नयाँ परिस्थितिमा नेतृत्वलाई अनुकूलन बनाउने प्रारम्भिक अभ्यास, संघीय सरकारले अझै पनि कर्मचारी व्यवस्थापन गर्न नसक्नु, भएका कर्मचारी पनि आ व को वीचमा फिर्ता पठाउनु, केन्द्र सरकारको स्थानीय तहका अधिकारबारे अस्पष्ट दृष्टिकोण हुनु, यसले पनि हाम्रा विकासका गतिहरु सबल भएर अघि बढ्न सकेका छैनन् ।

हामीकहाँ अझै पनि दीर्घकालीन सोच राखेर व्यापक सहभागिताका साथ वडागत रुपमा योजना छनोट गर्ने परिपाटी थालनी गर्न सकिएको छैन । यसै गरी आ व  शुरु भए देखि नै योजनाहरु छिटो सञ्चालनमा आउन सकेका छैनन्। गाउँपालिकाको र्आिथक द्ध विकासका सुचकहरु वडागत विकास कार्यका गति र जनप्रतिफलमा आधारित हुन्छन् ।

हामीले अझै पनि कृषि, पशु, स्वास्थ्य, सहकारी आदि क्षेत्रमा आशातीत सफलता प्राप्त गर्न सकिएको छैन । परम्परागत कार्य संस्कृति तथा मानसिकता, कानुनी जटिलता, कर्मचारीको अभाव, कार्यतालिका बनाई कार्य गर्न नसक्नु,उपभोक्ता समितिहरुको विषय वस्तुप्रतिको कमजोर ज्ञान र समन्वयको अभाव, अनुगमन प्रणाली अझै चुस्त हुन नसक्नु, समयमै पालिकाबाट रकम निकासा नहुनुजस्ता कारणले गर्दा विकास बजेट समयै खर्च गर्न सकिएको छैन ।

आगामी आ व  मा यी सबै व्यवधान हटाउँदैविकास निर्माणका कामको समयमै रकम निकासा एवं खर्च गर्ने, विकास निर्माण कामको समयमै थालनी र कार्य सम्पन्न गर्ने, योजनाहरुको त्रैमासिक मूल्यांकन र भुक्तानी गर्ने व्यवस्था गर्ने, र खर्च प्रणलीलाई पारदर्शी र जफावदेही वनाउने कार्यलाई कडाइका साथ कार्यान्वयनमा ल्याइनेछ ।

१।२।३ अवसर तर्फ़

हामीमा विविध प्रकारका कठिनाइ ,चुनौति हुदा हुँदै पनि समृद्धितर्फ अग्रसर हुने थुप्रै अवसरहरु पनि प्राप्त भएका छन् । हाम्रा स्थानीय तहका सबै नेतृत्वहरुमा अनुभव र परिपक्कता वृद्धि हुँदै गएको छ । विकास निर्माणप्रति जनताको चासो बढेको गत आ व मा धेरै महत्वपूर्ण योजनाहरुको पूर्वाधार निर्माण भइसकेको छ ।

यिनै पूर्वाधारमा टेकेर आगामी आ व मा द्रुतगतिमा विकासको बाटोमा अघि बढ्ने अवसर हामीलाई प्राप्त भएको छ । हाम्रो पालिकामा हामीले सबै वडाहरुसंग समन्वय गरेर अघि बढ्न सके खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, कृषि, पशु, बिद्युत सबै क्षेत्रको विकास गर्ने महत्वपूर्ण अवसर छ ।

निर्णय हाम्रै, बजेट, हाम्रै, योजनाहरु हाम्रै, हामी नै कार्यान्वयनकर्ता भएकाले हामीले इमान्दार भएर काम गर्न सक्यौं भने पक्कै पनि हामी र हाम्रो गाउँपालिकाको भाग्य र भविष्य निर्माण गर्ने अवसर हामी सँग छ ।

१।२।४ चुनौति

कार्यका सिलसिलामा चुनौतिहरु आउँछन् नै तथापि कठिनाइयुक्त भूगोल, आफ्नै गाउँ पालिकाको भवन नहुनु, विषयगत कार्यालयहरु व्यवस्थित भइनसक्नु, संघीय सरकारबाट पर्याप्त जनशक्तिको व्यवस्थापन नहुनु, हामी आफैले करारमा प्रर्याप्त जनशक्ति व्यवस्था गर्नुपर्ने जस्ता परिस्थिति हाम्रा लागि चुनौतिपूर्ण बन्न पुगेका छन् ।

उपभोक्ता समितिहरुलाई चुस्त एवं चेतनशील बनाई चौमासिक रुपमा कार्य सम्पादन गरी योजनाको तुरुन्त भुक्तानी दिने परम्पराको थालनी गरी समयमा योजना सम्पन्न गर्ने गरी इच्छा, आवश्यकता र तत्परताको आधारमा प्रत्येक योजनालाई प्रतिफलमुखी बनाउनुपर्ने चुनौतिलाई यस आ व मा सबै मिलेर सामना गरौं भन्ने आग्रह समेत गर्दछु ।

१।३ नीति तथा कार्यक्रम तर्जूमा गर्दा अवलम्वन गरिएका पद्दति

भिमसेनथापा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६÷०७७ मा लिने नीति तथा कार्यक्रम तय गर्दा अवलम्वन गरिएका पद्दतिहरु उल्लेख गर्न चाहान्छु ।

आ व २०७६÷०७७ को वार्षिक नीति र कार्यक्रम तयार गर्दा नेपालको संविधान भाग ४ मा उल्लिखित राज्यको निर्देशक सिद्धान्त तथा छ नीतिहरु , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले व्यक्त गरेका प्रतिवद्धताहरु, संवैधानिक अधिकार, संघीय सरकार, प्रदेश सरकारको जिम्मेवारी, दीगो विकासका लक्ष्यहरु, राष्ट्रिय विकासका प्राथमिकता प्राप्त क्षेत्रहरु, स्थानीय सरकार सञ्चालन ऐन २०७४, आवधिक योजना, रणनीतिक योजना, क्षेत्रगत गुरुयोजना, सार्वजनिक नीतिका आधारभूत मान्यताहरु, निर्वाचनमा जनतासँग गरिएका प्रतिवद्धताहरु, सञ्चालित योजनाहरु ,त्यसप्रति वडागतरुपमा जनताहरुका प्रतिक्रिया, राजनीतिक दलहरु, विकास साझेदारहरु, गाउँपालिकाका विषयगत शाखाका प्रतिवेदनहरु तथा गाउँ कार्यपालिकाका सदस्यहरुको सुझाव र सल्लाहलाई समेत ध्यान दिएको छु ।

१।४। नीति तथा कार्यक्रम निर्माणका प्राथमिकीकरणका आधारहरु

आ व २०७६÷०७७ मा सञ्चालन हुने योजनाहरुको मुख्य प्राथमिकताव्रmम निम्नानुसार तोकेको छु :

 १। सामुदायिक विद्यालयहरुको सुधार र प्रभावकारी व्यवस्थापन

 २। आधारभूत स्वास्थ्य र सरसफाइ

३। स्थानीय पूर्वाधार (सडक, खानेपानी, सिंचाइ, उर्जा) निर्माण र सुधार

 ४। आर्थिक विकास (व्यवसायिक कृषि र उद्यमशीलता)

५। सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग

 ६। बहुप्राविधिक शिक्षालय स्थापना

७। पर्यटन प्रवद्र्धनका निम्ति गुरुयोजना निर्माण

 ८। युवा स्वरोजगारका विषेश कार्यक्रमहरु

माथि उल्लेखित नीति तथा कार्यक्रम निर्माणका प्राथमिकीकरण अनूरुपका योजनाहरुबाट निम्नानुसारको उपलव्धि हासिल हुने अपेक्षा राखेको छु ।

१। गाउँपालिकाभित्र कक्षा १२ सम्मको साधारण र प्राविधिक दुबै धारमा गुणस्तरीय शिक्षा प्रदान गर्ने ।

 २। गरिबी न्यूनीकरण, रोजगारी सिर्जना र आय आर्जनमा वृद्दि भई गाउँपालिका आत्म निर्भर हुने ।

 ३। क्रमागत, उत्पादनमूलक र छिटो प्रतिफल दिने तीन प्रकारका आयोजनाहरुले गति पाउने ।

 ४। आन्तरिक राजश्वमा वृद्धि हुने ।

 ५। स्थानीय स्रोत, साधन, श्रम, सिप र प्रविधिमा आधारित योजनाहरु कायान्वनमा आउने ।

 ६। विकास निर्माण कार्यमा जनसहभागिता वृद्धि गर्ने ।

  ७। लैङ्कि समानता र सामाजिक समावेशीकरण पक्ष बलियो हुने ।

 ८। धर्म र संस्कृतिको पहिचान र प्रवद्र्धन गर्ने ।

९। सेवा प्रवाह, संस्थागत विकास र सुशासनमा योगदान पु¥याउने ।

माथि उल्लेखित नीति तथा कार्यक्रम निर्माण गर्दा मैले निम्न लिखित पक्षहरुलाई ध्यान दिएको छु ।

१। वडा समितिहरुवाट प्राप्त योजनाहरुको माग, छनौट र प्राथमिकीकरण ।

२। नेपाल सरकार र प्रदेश सरकारको नीति, लक्ष्य र समय सीमा ।

३। योजनाहरुको सम्भाव्य अध्ययन तथा साधन र स्रोतको अनुमान ।

 ४। विषयगत समितिहरुवाट प्राप्त सल्लाह र सुझावहरु ।

 ५।राजनैतिक दलहरुवाट दिइएको सल्लाह र सुझावहरु ।

६। स्थानीय वुद्धिजीवीहरु तथा विज्ञहरु तथा गाउँवासी दाजुभाई तथा दिदिवहिनीहरुको सुझाव र सल्लाह ।

गाउँसभाका सदस्य ज्यूहरु,

५। आन्तरिक राजश्व परिचालनमा देहायको नीति कार्यान्वयनमा ल्याइनेछ । भिमसेनथापा गाउँपालिकाको आन्तरिक राजश्व परिचालनलाई मजवुद वनाउन करको दायरा फराकिलो वनाउन आवश्यक व्यवस्था मिलाइनेछ । मालपोत (भूमिकर) वक्यौतालाई कडाइका साथ असुल गरिनेछ । हरेक आ व को मालपोत कर तोकेको समयमा वुझाउन प्रोत्साहन गरिनेछ । उद्योग व्यापार व्यवसायलाई दर्ता गरि करको दायरा वढाइनेछ । गाउँपालिका क्षेत्र भित्रको नदिजन्य पदार्थ ढुंगा, गिटि, वालुवाको अव ै ध ओसार पोसारलाई पूर्णत निशेधित गरिनेछ । कानुन सम्वत नदिजन्य पदार्थको ओसार पोसारलाई करको दायरामा ल्याइनेछ ।

५। आ व २०७६।०७७ मा सञ्चालन हुने योजनाहरु तथा तिनको अपेक्षित उपलब्धीहरुलाई प्रस्तुत गर्दछु ।

 अव म विषयगत क्षेत्र केन्द्रित नीति र कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।

मैले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक नीतिमा मुख्यतः पाँचवटा क्षेत्रलाई मुख्य आधार वनाएर कार्यक्रम प्रस्तुत गरेको छु । ती क्षेत्रहरु हुनः

ठ क) सामाजिक क्षेत्र ।

 ख) आर्थिक क्षेत्र ।

ग) पूर्वाधार क्षेत्र ।

 घ) वन, वातावरण तथा विपद्व्यवस्थापन क्षेत्र ।

ङ) संस्थागत विकास, सेवा प्रवाह र सुशासन क्षेत्र ।

क्षेत्रगत कार्यक्रम कार्यान्वयनका लागि ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं परम्परागत मूल्य, मान्यता र गा।पा।को वास्तविक वस्तुस्थिति झल्कने भिलेज प्रोफाइल र डकुमेन्ट्री तुरुन्त निर्माण गरिनेछ ।

२। सामाजिक विकास क्षेत्र

२ं।१ शिक्षा “उद्घोष :

गुणस्तरीय शिक्षा र सक्षम जनशक्ति भिमसेनथापा गा पा  विकासको अग्रगती”  गाँउपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम २०७७ घोषणा गरी गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याइने छ ।  आवश्यकतामा आधारित विद्यालय, विद्यालयमा आधारित शिक्षक भन्ने नितिलाई निरन्तरता दिइनेछ ।  शिक्षामा सवैको पहूँच पु¥याउन आधारभूत शिक्षालाई प्रभावकारी वनाइने छ ।

शैक्षिक नक्साङ्कन कार्यलाई उच्च प्राथमिकता दिई विद्यालय तथा शिक्षक व्यवस्थापन गरिने छ ।  सि सि  क्यामेरा जडान गरी पारदर्शी विद्यालय व्यवस्थापन प्रणाली सुरु गरिने छ । क्भ्भ् लगायत स्तरमापन परिक्षामा सर्वोत्कृष्ट हुन सफल विद्यालयहरुलाई विशेष आर्थिक अनुदान उपलब्ध गराइनेछ ।  विद्यालयहरुलाई अन्तरपालिका प्रतिस्पर्धा गर्न प्रोत्साहनमूलक अनुदानको व्यवस्थालाई निरन्तरता दिइनेछ  आवश्यकता विश्लेषणको आधारमा पालिका अनुदान शिक्षक व्यवस्थापनमा नियमन गरी आवश्यक विद्यालयलाई मात्र एकमुष्ट अनुदान दिने कार्यलाई निरन्तरता दिइनेछ ।  सिकाइ उपलब्धिको न्यूनतम मापदण्ड तोकी उत्पादकत्वमा आधारित शिक्षकलाई थप सुविधा उपलब्ध गराउने तथा सजायको व्यवस्था मिलाइनेछ ।

शिक्षक समेतको लगानी किटान गरी शिक्षकको पेशागत सक्षमतामा वृद्वि गर्ने शैिक्षक तालिमहरु संचालन गरिनेछ ।  ५ वर्षे विद्यालय सुधार योजना निर्माण गर्न अभिमुखीकरण तालिम सञ्चालन गरिने छ र यसै आ व मा विद्यालय सुधार योजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ । आवश्यकता र मापदण्डमा आधारित अनुदान प्रणाली लागु गरिनेछ ।

विद्यालय सरसफाई एवं फोहोरहरुको व्यवस्थापन,स्वच्छ खानेपानीको व्यवस्था, प्लाष्टिक जन्य वस्तु निशेधित क्षेत्र घोषणा, अपाङ्ग तथा वालमैत्री शौचालय निर्माण, विद्यालय परिषरमा गार्डेनको व्यवस्थालाई कार्यविधि वनाई कडाईका साथ कार्यान्वयन गरिनेछ ।  अतिरिक्त कक्षा चलाउने मापदण्ड निर्धारण गरी वर्षे विदा लगायत अतिरिक्त पठनपाठनलाई उपलब्धिमूलक बनाइनेछ । ड  कक्षा ३, ५ र ८ को स्तरमापन परीक्षा संचालन गर्न नतिजा विश्लेषणको आधारमा विद्यालयलाई थप आर्थिक प्रोत्साहन अनुदान दिने व्यवस्थालाई निरन्तरता दिइनेछ ।

अन्तराष्ट्रिय साक्षरता दिवस सेप्टेम्वर ८ का दिन विशेष कार्यक्रम आयोजना गरी कक्षा ३, कक्षा ५, कक्षा ८ कक्षा १० र कक्षा १२ को नतिजाको आधारमा विद्यालयगत, विषयगत शिक्षक तथा उत्कृष्ट विद्यार्थी छनौट गरी पुरस्कार र नसिहत दिने व्यवस्थालाई निरन्तरता दिइनेछ ।  प्रधानाध्यापकसँग कार्यम्पादन करार सम्झौता गरी न्यून उपलब्धी र अपेक्षित उपलब्धीको आधारमा पुरस्कृत एवं नसिहत दिने व्यवस्था मिलाइनेछ ।  विद्यालय व्यवस्थापन, शिक्षण विधि तथा शैक्षिक समस्या केन्द्रित शीर्षकमा लघु अनुसन्धान गर्न प्रस्ताव पेश गर्ने शिक्षक तथा कर्मचारीहरुलाई भिमसेनथापा स्मृति प्रोत्साहनमूलक अनुदान उपलब्ध गराइनेछ ।

एम। फिल। तथा विद्यावारिधि गर्न चाहने शिक्षकलाई गाउँपालिका अध्यक्ष छात्रवृत्ति उपलब्ध गराइनेछ ।  शिक्षकहरुको तलवभत्ता मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाइनेछ । माध्यम भाषा अंग्रेजी बनाउने विद्यालय केन्द्रित शिक्षक तालिमको व्यवस्था गरिनेछ ।गाउँपालिका द्धारा त्रैमासिक रुपमा शैक्षिक बुलेटिन प्रकाशन गर्ने व्यवस्था मिलाइनेछ ।  पालिकास्तरीय स्थानीय पाठ्यक्रम निर्माण प्रक्रियालाई अगाडी वढाइनेछ । विद्यालय पुनःनिर्माण कार्य यसै आ।व। मा सम्पन्न गर्न सम्वन्धित निकायसँग सहकार्य गरिनेछ अन्तरविद्यालय अवलोकन भ्रमण कार्यक्रम संचालनमा ल्याइनेछ ।  पालिका स्तरीय विषयगत समिति निर्माण गरी विषयगत सक्षमता अभिवृद्वि गर्ने कार्यक्रम संचालनमा ल्याइनेछ ।

बहु–प्राविधिक शिक्षालय स्थापनाको पूर्वाधार निर्माण कार्यसम्पन्न गरिनेछ ।  वालमैत्री गाउँपालिका घोषणा कार्यक्रम संचालन गरिनेछ ।  दुल्लभ बहुमुखी क्याम्पसको गुणस्तर वृद्विका लागि आर्थिक सहयोग उपलब्ध गराइनेछ । गाउँपालिका स्तरीय अतिरिक्त क्रियाकलाप संचालन गर्न आवश्यक बजेट विनियोजन गरिनेछ ।  सामुदायिक सिकाइ केन्द्रहरुलाई व्यवस्थित गरी समुदायमा निरन्तर सिकाइ तथा आय–आर्जन समूहमार्फत विभिन्न क्रियाकलाप संचालन गरिनेछ ।

विद्यालय अनुगमन र सुपरीवेक्षणलाई थप प्रभावकारी बनाइनेछ ।  कक्षा ६–८ का विद्यार्थीहरुलाई टिफिन बक्स वितरण गरिनेछ ।  आफ्नै सेवा क्षेत्रभित्र छोराछोरीलाई बाल कक्षामा भर्ना गर्ने अभिभावकलाई प्रतिविद्यार्थी रु ५०० उपलब्ध गराइनेछ ।  प्रत्येक मा वि मा किशोर किशोरी तालिम कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

खेल शिक्षक, म्युजिक शिक्षक, हस्त लेखन शिक्षकहरुको घुम्तीसेवा (रोमिङ्ग सेवा) व्यवस्था गरिनेछ ।

२।२ स्वास्थ्य :

“उद्घोष :गाउँपालिकाको शक्ति स्वस्थ्य जनशक्ति” 

वडा नं २ र ८ मा स्वास्थ्यचौकी निर्माण एवं स्थापित स्वास्थ्य सामुदायिक स्वास्थ्य इकाइहरुलाई सुदृकिरण गरिनेछ । उत्तर प्रसुति सेवा घरघरमा उपलब्ध गराउन स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन अनुदान उपलब्ध गराइनेछ ।  सबैस्वास्थ्य चौकीहरुमा सुरक्षित ढंगले सुत्केरी गराउने व्यवस्था मिलाइनेछ ।

गर्भवती महिला आरामकक्षको निर्माण गरिनेछ । वर्थिङ्ग सेन्टरमा कार्यरत कर्मचारीहरुलाई विशेष आर्थिक प्रोत्साहन सुविधा दिइनेछ । प्रत्येक स्वास्थ्य संस्थामा वैकल्पिक वत्तीको व्यवस्था मिलाइनेछ ।  सामुदायिक विद्यालयहरुलाई प्राथमिक उपचारका औषधी तथा आवश्यक उपकरणहरु उपलब्ध गराइनेछ ।

संघ र प्रदेश समेतको सहयोगमा १५ शैयाको अस्पताल निर्माणको गुरुयोजना तयार गरी निर्माण कार्य अघि बढाइनेछ । उपचार प्रक्रियालाई सहज र छिटो बनाउन एम्बुलेन्स सेवा संचालनमा ल्याइनेछ ।

यस गाउँपालिकाभित्र उत्पन्न हुनसक्ने प्रकोप र महामारी नियन्त्रण गर्न गाउँपालिका तथा वडागत रुपमा  खडा गरी प्रत्येकलाई १ स्ट्रेचर र सबैस्वास्थ्यचौकीहरुलाई २÷२ स्ट्रेचर तथा संकटकालिन संचित औषधिको व्यवस्था मिलाइनेछ । अस्पताल वा स्वास्थ्यचौकी संस्थाबाट वच्चा जन्माउने सुत्केरी आमालाई रु। १५००÷– ( अक्षरेपी पन्ध्र सय रुपैयाँमात्र) एकमुष्ट अनुदान उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ ।

वडागत रुपमा विशेषज्ञसहितको घुम्ती स्वास्थ्य शिविर संचालन गरिनेछ । विपन्न, दलित, गर्भवती महिला र जेष्ठ नागरिकहरुकोस्वास्थ्य जाँच गर्नघरदैलो कार्यक्रम संचालन गरिनेछ ।  सबै विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराइनेछ ।  स्वास्थ्य बीमा कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिनेछ ।

गा पा अध्यक्ष निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम त्रैमासिक रुपमा ८ वडामा नै संचालन गर्ने व्यवस्था मिलाइनेछ ।  गा पा अध्यक्ष वृद्धवृद्धा स्वास्थ्य उपचार कार्यक्रम संचालन गरिनेछ । एम्वुलेन्स र सववाहनको व्यवस्था गरि विरामी उपचार तथा मृतक दाहसंस्कारमा सहजता ल्याइनेछ ।

एक विद्यालय एक नर्स कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन यसै वर्षवाट शुरुवात गरिनेछ ।

२।३ भाषा, कला र संस्कृति 

लोक संस्कृति र कलाको संरक्षण गर्न गाउँपालिका स्तरमा कला, साहित्य र सांस्कृतिक केन्द्रको स्थापना गर्न सम्भाव्यता अध्ययन गरिनेछ । गाउँपालिकाभित्र रहेका लेखक, कलाकार आदिको खोजी गरी उनीहरुको प्रतिभा जोगाउने र उजागर गर्ने खालका कार्यक्रमहरु संचालन गरिनेछ ।  लेखक तथा साहित्यकारहरुको साहित्यिक रचना प्रकाशन गर्न प्रोत्साहन गरिनेछ ।  पुरातात्विक सम्ंपदाका रुपमा रहेका मठ–मन्दिर, मदर्शा, पाटी पौवा, गुठीहरुकोव्यवस्थापन कार्यमा जोड दिइनेछ ।  गा पा भित्रका राष्ट्रिय स्तरका साहित्यकार र कलाकारहरुको जमघट गरी साहित्यकार र कलाकार सम्मेलन कार्यक्रम गरिनेछ ।

कला, साहित्य र संस्कृति केन्द्रित कार्य गर्ने गरी सामाजिक संघ संस्थाहरु स्थापना गर्न विशेष प्रोत्साहित गरिनेछ ।  भिमसेनथापा स्मारक र संग्रालय निर्माण कार्यका लागि आवश्यक गुरुयोजना तयार गरी यसै आर्थिक वर्षमा पुर्वाधार तयार गरिनेछ । साथै भिमसेन थापाको घर घडेरी स्थलमा पुर्ण कदको प्रतिमा स्थापना गर्ने तथा सत्यरुपा स्मृती उद्यान देखी वोर्लाङ्ग कोटकाली सम्म भिमसेनथापा पद मार्ग निर्माणको शुरुवात गरिने छ ।

तान्द्राङ्गकोट पदमार्ग निर्माण गरी पर्यटकीय स्थलको रुपमा विकसित गरिनेछ । एक वडा दुई मन्दिर निर्माण कार्य अघि बढाइनेछ । पुराना चौतारा संरक्षण कार्यक्रम ल्याइनेछ । काशीघाटमा पशुपति नाथको मन्दिर निर्माण गरी शिवरात्रिमा विशेष मेलाको आयोजना गरिनेछ ।  तान्द्राङको सिद्दकाली मन्दिर,अश्राङको चण्डी मन्दिर,धावाको इतला पोखरी र मसेलको ठूलोपोखरी निर्माणमा बजेट विनियोजन गरिनेछ ।  भाषा, कला र संस्कृति लगायतको संरक्षण गर्न पौष महिनामा ७ दिने भिमसेनथापा महोत्सव संचालन गरिनेछ ।

जाति बिशेषको धार्मिक र सांस्कृतिक अनुष्ठानका लागि बिशेष अनुदान उपलब्ध गराइनेछ ।  भाषा सम्बद्ध कृतिप्रकाशन गर्न विशेष प्रोत्त्साहित गरिनेछ ।

२।४ खानेपानी तथा सरसफाइ

“उद्घोष : एक घर एक धारा गाउँपालिकाको अभिभारा”

गाउँपालिका भित्र एक घर एक धारा मुल नारालाई सार्थक वनाउन वजेटको प्रर्याप्त व्यवस्था गरिनेछ । संचालित खानेपानी योजनाको निर्माण कार्यलाई निरन्तरता दिइनेछ । मुहान दर्ता, उपभोक्ता समिति गठन, संचालन तथा व्यवस्थापन कार्यलाई कार्यविधि वनाई कायान्वयनमा ल्याइनेछ ।  सबै पानीका मूहानहरु ब्यवस्थित गर्न र लिफ्टिङ आयोजनाहरु छिटो पूरा गरिनेछ ।

डि पि आर भइसकेका ठुला खानेपानी योजनाहरुको निर्माण कार्य यसै आ व मा प्रारम्भ गरिनेछ । सम्भाव्य महत्वपूर्ण खानेपानी योजनाको डिपिआर कार्य यसै वर्षमा सम्पन्न गरी निर्माण प्रक्रियामा लगिनेछ ।  खानेपानीका पहुँचभन्दा बाहिर रहेका बस्ती बिशेषमा श्रीघ कार्यक्रम सञ्चालन गरिनेछ । मुख्य बजार तथा बस्तीहरुमा फोहोर जम्मा गर्ने डस्टबिन राखी उचित ठाउँम फोहोर संकलन र  ब्यबस्थापन गरिनेछ ।  प्रत्येक वडामा टोलगत रुपमा टोल सुधार समिति गठन गरी समितिको नेतृत्वमा विभिन्न संस्थाको सहयोग लिई स्थानीय जनताको संलग्नतामा टोल बस्ती सरसफाइ अभियान सञ्चालन गरिनेछ ।

प्रत्येक वडा एक उत्कृष्ट सफा घर प्रत्येक बिद्यालय एक उत्कृष्ट सफा बिद्यार्थी छनौट गरी पुरस्कारको व्यबस्था गरिनेछ । सार्बजानिक स्थल सडक क्षेत्रमा फोहोर फाल्नेब्यक्तिलाई उपयुक्त मापदण्ड बनाई दण्ड सजाय ब्यवस्था गरिनेछ ।  हरेक वडामा सञ्चालित खानेपानी योजनाहरुको बजेटको १ प्रतिशत रकम खानेपानी तथा सरसफाइ सम्भार कोषमा जम्मा गर्ने नीति लिइनेछ ।

 २।५ लैङगिक समानता तथा सामजिक समाबेशीकरण 

बाल अधिकार , महिला अधिकार तथा सामाजिक न्यायमा महिलाको पहुँच सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गरिनेछ ।  महिला क्षमता विकास , नेतृत्व विकास तथा आय आर्जन सम्वन्धी विशेष कार्यक्रमहरु सञ्चालन गरिनेछ ।  स्थानीय तहमेै बसेर ब्यवसाय सञ्चालन गर्न चाहने कम्तिमा ८ जना सम्मको समुहलाई नमुना महिला समूहको रुपमा रु ४ लाख सम्मको अनुदान उपलब्ध गराइनेछ ।

क श्रेणीमा नपरेका जटिल प्रकृतिका अपाङ्ग विधार्थीह्ररुलाई उसले पढ्न चाहेसम्मको शिक्षाको लागि विशेष छात्रवृत्ति प्रदान गरिनेछ ।  सबै प्रकारका निर्माण कार्यलाई अपाङ्गतामैत्री बनाइनेछ । दूई छोरी पाई स्थायी बन्ध्याकरण गर्ने दम्पतीका छोरीलाई १२ कक्षासम्म निशुल्क पठनपाठनको व्यवस्था मिलाइनेछ ।

२।८ ग्रैह सरकारी संघ संस्था 

भिमसेन थापा गाउँपालिका क्षेत्रमा काम गर्ने ग्रैह सरकारी संस्थगाहरुकोएचयाष्भि तयार पारी ग्रैह सरकारी डेक्स स्थापना गरिनेछ ।  ग्रैर सरकारी संस्था र गाउँपालिकाको नीति र कार्यक्रम संगै भन्ने मान्यताका साथ कार्यक्रमहरु संञ्चालन गरिनेछ ।  ग्रैर सरकारी संस्था क्लब , नागरिक सचेतना केन्द्र, टोल सुधार समिति जस्ता बिकास साझेदारसंग एकीकृत बिकास निर्माण कार्य गर्न निर्देशिका तयार गरिनेछ ।

२।९ लक्षितबर्ग 

जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बितरणमा सरलीकरण गरिनेछ ।  हरेक बर्ष बडा दशैं र तिहारको बीचमा गाउँपालिका स्तरीय ८४ वर्ष पुगेका जेष्ठ नागरिक घोषणा तथा सम्मान काय्र्रक्रम सञ्चालन गरिनेछ ।  जेष्ठ नागरिक समाज स्थापना गरी आदर्शमूलक चेतना कार्यक्रम सञ्चालन गरिनेछ ।  प्रत्येक वडामा जेष्ठ नागरिक लक्षित पार्क, उद्यान तथा आराम कक्ष निर्माण गरिनेछ ।

एक वडावाट ८० वर्ष नाघेका वृद्धावृद्धालाई लौरो वितरण कार्यक्रम संचालन गरी वाँकी वडाहरुमा क्रमश कार्यान्वयन गरिनेछ ।  जेष्ठ नागरिक परिचयपत्र वितरण कार्य यथासिघ्र शुरुवात गरिनेछ ।

२।९।२ दलित समुदाय

जातीय भेदभाव तथा छुवाछुत प्रथालाई पुर्ण रुपमा निरुत्साहित गरिनेछ ।  दलित महिला सहकारी स्थापना गरी आत्मनिर्भरतातर्फ अग्रसर बनाइनेछ ।  दलित नमुना बस्ती बिकास गरिनेछ ।  दलित समुदायका बिद्यार्थीहरुको शैक्षिक विकासमा विशेष ध्यान दिइनेछ ।  दलित समुदायमा बिद्यमान परम्परागत सीपलाई आधुनिकीकरण गर्दै लघु उद्योगको रु्रपमा विकास गरिनेछ ।  दलित बिशेष सम्मान कार्यक्रम गरिनेछ । दलित वस्तीमा दलित लक्षित अभिमुखिकरण तालिम संचालन गरिनेछ ।

 २।९।३ बालबालिका

बालश्रम, बाल यौनशोषण, बालबिवाह र बाल हिंसा न्यूनीकरण गर्न प्रचलित कानुनको प्रभावकारी कार्यन्वयन गरिनेछ ।  बाल क्लबको निर्माण बाल सञ्जाल खडा गरी बालअधिकारको प्रचार प्रसार र बालअधिकार रक्षा गरिनेछ ।  गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिनेछ ।  गाउँपालिका स्तरीय बाल संरक्षण समिति निर्माण गरी बालबालिकाहरुको क्षमता बिकास कार्यक्रमहरु संञ्चालन गरिनेछ ।

२।९।४ महिला

सीमान्तकृत परिवारमा जन्मेका बच्चाहरुलाई मेगा बैंकमा रु १००० बचत हुने गरी खाता खोलिनेछ ।  सामुदायिक सिकाई केन्द्र मार्फत महिला साक्षर तथा सीप आर्जन कार्यमा सक्षम बनाउन तह २ को निरन्तर शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।  महिला क्षमता विकासका निम्ति नेतृत्व, सीपमूलक, क्षमतामूलक र चेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।  सूनौलो हजार दिनका आमाहरु लक्षित विशेष कार्यक्रम ल्याइनेछ । महिला जनप्रतिनिधिहरुको क्षमता बिकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।

सामाजिक सेवा प्रवाह गर्ने संस्थामा नेतृत्व्र प्रदान गर्न चाहने महिलाहरुको रोष्टर तयार गरी समाज सेवामा महिलाको योगदान भन्ने अभियान संञ्चालन गरिनेछ ।

महिला सहकारी कार्यक्रमलाई बिशेष प्रोत्साहन दिइनेछ ।  महिला हिंसा, मानव बेचबिखन न्यूनीकरणका चेतनामूलक कार्यक्रम संञ्चालन गरिनेछ । सीमान्तकृत बिपन्न तथा एकल महिला लक्षित आय आर्जन कार्यक्रम सञ्चालन गरिनेछ । अशक्त असहाय बृद्ध तथा बिपन्न महिलाका लागि कानुनी परामर्श डेक्स स्थापना गर्ने कार्यलाई अगाडि बढाइनेछ ।

२।९।५ आदिबासी जनजाति

आदिबासी जनजातिका भाषा, संस्कृति भेषभूषा संरक्षण गर्न सम्भाब्यता अध्ययन गरिनेछ । आदिबासी जनजाति, मुस्लिम तथा अल्पसंख्यक जातिको जीवन स्तर सुधार सम्बन्धी बिशेष कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ ।  आदिबासी जनजातिका पुरातात्विक बस्तु, संग्रा्रलय स्थापन गर्न पहल गरिनेछ ।

२।९।६ अपाङ्ग उत्थान

सबै भौतिक पुर्बाधार निर्माण कार्यलाई अपाङ्गतामैत्री बनाइनेछ ।  अपाङ्गतामैत्री स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।अपाङ्गता ब्यक्ति सेवा केन्द्रित संघ संस्था स्थापना गर्न प्रोत्साहित गरिनेछ । अपाङ्गता भएका व्यक्तिले व्यवसाय गर्न चाहेमा रु १ लाख सम्म निब्र्याजी ऋण उपलब्ध गराइनेछ ।  अपाङ्गता परिचयपत्र कार्ड तुरुन्त वितरण गरिनेछ ।

३) आर्थिक विकास

 “उद्घोष : आर्थिक सम्वृद्धिको पूर्वाधार व्यावसायिक कृषिमा व्यापक सुधार”

३।१ कृषि  ‘आर्थिक समृद्धिको पूर्वाधार व्यावसायिक कृषिमा व्यापक सुधार ’ भन्ने मूल नारा केन्द्रित कृषि कार्यक्रम सञ्चालन गरिनेछ ।  एक वडा एक कृषि व्यवसायलाई कार्यान्वयनमा ल्याइनेछ । कम्तिमा एक घर एक मौरी घार कार्यक्रमलाई निरन्तरता दिइनेछ । कृषि पकेट क्षेत्र निर्धारण गरी हावापानी अनुकुल फलफूल खेती र तरकारी खेतीलाई व्यावसायिक ढंगले गर्ने कृषकलाई प्रोत्साहनमूलक अनुदानको व्यवस्था गरिनेछ ।

फलफुलमा एभोगाडो खेतीलाई विशेष प्राथमिकता दिइनेछ ।  कृषिको विविध विषयगत क्षेत्रको अध्ययन र परीक्षण गर्न कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अगाडि वढाइनेछ ।  खेती योग्य जमिन केन्द्रित सिंचाई कार्यक्रमलाई प्राथमिकता दिइनेछ । कृषि सडक निर्माणका लागि सर्वेक्षण कार्य अगाडि बढाइनेछ ।  प्रत्येक वडामा संकलन केन्द्र निर्माण गरी दुग्ध उत्पादन र फलफूल भण्डारण गर्ने कार्यको पूर्वाधार विकास गरिनेछ ।

व्यावसायिक रुपमा खेती गर्ने कृषकलाई सम्वन्धित विषयमा प्राविधिक तालिम तथा विशेष प्रोत्साहन अनुदानको व्यवस्था गरिनेछ । ज्ञद्ध  रासायनिक मलहरु सहकारी संस्था मार्फत विक्री गर्ने व्यवस्था मिलाइनेछ ।  स्थानीय स्तरमा जैविक वस्तुको प्रयोग गरी प्राङ्गारिक उत्पादनलाई जोड दिने कृषक तथा कृषि समुहलाई विशेष अनुदान उपलव्ध गराइनेछ ।

उन्नत वीउ विजन वितरणमा कृषि सहकारी मार्फत अनुदान उपलव्ध गराइनेछ ।  वडा तथा गाउँपालिका स्तरमा कृषक सञ्जालको गठन गरिनेछ । एक घर सानो वगैचा, एक घर एक मौरीको घार, एक घर सानो माछाको पोखरी भन्ने नीतिलाई निरन्तरता दिइनेछ ।  व्यावसायिक मौरीपालक किसानलाई अनुदान एवं सहुलियत दरमा सामाग्री उपलव्ध गराइनेछ ।  लोपोन्मुख स्थानीय वाली संरक्षण गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ । मौरी चरन क्षेत्रलाई सहयोग पुग्ने खालका विरुवा सडक किनारा क्षेत्रमा लगाउने व्यवस्था मिलाइनेछ ।

सुन्तला जातका फलफूल, च्याउ, मौसमी वेमौसमी तरकारी खेतीलाई प्रोत्साहित गरिनेछ ।  व्यक्तिगत फर्म दर्ता गरी कृषि व्यवसाय सञ्चालन गर्न चाहने कृषकलाई विशेष अनुदान उपलव्ध गराइनेछ ।  सामुदायिक कृषि सेवा केन्द्र स्थापना प्रक्रिया अगाडि वढाइनेछ ।  किसान क्लवको निर्माण गरी चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ । उत्कृष्ट कृषक वा कृषक समुहलाई प्रोत्साहन अनुदान उपलव्ध गराउने तथा उक्त कृषक समुहलाई अवलोकन भ्रमणको अवसर उपलव्ध गराइनेछ ।

सामुदायिक कृषि केन्द्रको स्थापना गरी उपयुक्त प्रविधि विकास तथा प्रसार कार्यक्रम सञ्चालन गरिनेछ ।  भकारी सुधार कार्यक्रम वडागतरुपमा सञ्चालन गरिनेछ ।  प्रत्येक वडालाई एक विशेष कृषि उत्पादन क्षेत्र घोषणा गरी कार्यान्वयनमा ल्याइनेछ ।

३।२ पशु

कृषिलाई व्यावसायिक वनाउन कृषि र पशुविज्ञ रहने गरी विशेष कार्यदल निर्माण गरिनेछ ।  स्थानीय डालेघाँस र उन्नत जातको घाँसको उत्पादनमा जोड दिइनेछ ।  पशुजन्य उत्पादनको आयात प्रतिस्थापन गर्ने नीति लिइनेछ । मासु पसललाई व्यवस्थित वनाइनेछ । पशु वीमा कार्यक्रमलाई प्रभावकारी वनाउन चेतनामुलक अभियान सञ्चालन गरिनेछ । कुखुरा पालन र बाख्रापालन व्यवसाय सञ्चालन गर्न चाहनेलाई रु १ लाखसम्मको अनुदान उपलब्ध गराइनेछ ।

प्रत्येक वडामा पशुविज्ञको व्यवस्था गरी समयमा नै पशुहरुको उपचार गर्ने प्रबन्ध मिलाइनेछ । उन्नत जातको गाईपालन गर्ने व्यवसायीलाई विशेष अनुदान उपलब्ध गराइनेछ ।  प्राकृतिक तथा कृतिम प्रकृयावाट पशुको नश्ल सुधार गर्न अनुदानकोव्यवस्था गरिनेछ  साझेदारीमा पशु व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई नमुना अवलोकन भ्रमणको अवसर उपलब्ध गराइनेछ ।

३।२ सहकारी

कृषि सहकारी, सामुदायिक विद्युत सहकारी, उत्पादन सहकारी, महिला सहकारी, वचत तथा क्रृण सहकारी र वहुउदेश्यीय सहकारीको क्षमता अभिवृद्धि सशक्तीकरण र व्यवस्थापन पक्षमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गरिनेछ ।  सार्वजनिक, सहकारी र निजी क्षेत्रको तीन खम्वे अर्थ नीतिलाई कार्यान्वयनमा ल्याइनेछ ।  कृषि उत्पादन र उपभोक्ता विचमा पुलको काम गर्ने संस्थाको रुपमा सहकारीको विकास गरिनेछ ।  समाजमा छरिएर रहेका सानातिना पूँजीलाई वचतमा रुपान्तरण गरी सहकारी मार्फत उत्पादनमूलक कार्यमा लगाइनेछ ।  वित्तीय सहकारीलाई समाजको आधारभूत तहसम्म विस्तार गरी आर्थिक सामाजिक रुपान्तरणको आधार वनाइनेछ ।  सहकारी सञ्चालन र व्यवस्थापनको लागि तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।  गाउँपालिकाभित्र सञ्चालित सवै सहकारीहरुको छाता संगठन निर्माण गरी नियमन तथा व्यवस्थापन गरिनेछ ।

३।३ पर्यटन विकास

सत्यरुपा स्मृती उद्यान महादेवटार, जर्नेली पौवा भिमसेनथापाको धारा, हिटी चौतारा, चण्डीथान हुदै कोटकाली सम्मको पदमार्गलाई भिमसेनथापा पदमार्ग नामाकरण गरी निर्माण कार्यलाई तिब्रता दिइनेछ ।  एक वडा एक पार्क निर्माणको अवधारणलाई कार्यान्वयनमा ल्याइनेछ ।  आगामी दुई वर्ष भित्र पर्यटन गुरुयोजना तयार गरी पर्यटकीय स्थलको पहिचान र पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिनेछ ।  धार्मिक, ऐतिहासिक तथा सांष्कृतिक पर्यटनको सम्भाव्यताको खोजी गरिनेछ । ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्न होमस्टे कार्यक्रमको प्रभावकारिताको अध्ययन गरिनेछ । ऐतिहासिक कोट, मठ, मन्दिर, पार्क तथा उद्यान निर्माण कार्यलाई प्राथमिकता दिइनेछ ।  वुढी गण्डकी जलाशय क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरी यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनेछ ।

पर्यटकीय स्थलहरुलाई राष्टिय सूचना प्रणालीहरुसंग जोड्न आवश्यक कार्य प्रक्रिया अघि वढाइनेछ ।  एक वडा एक धार्मिक स्थल÷मन्दिरको अवधारण लागु गरिनेछ । हरेक वर्ष एक वडा २ वटा चौतारो मर्मत कार्यलाई अगाडि वढाइनेछ । मिनी चिडियाखानाको सम्भाव्यता अध्ययन गरिनेछ ।

३।४ औद्योगिक क्षेत्र 

लघु तथा मझौला स्तरका उद्योग एवं व्यापारका लागि प्रोत्साहनको नीति लिइनेछ ।

कृषिजन्य कच्चा पदार्थमा आधारित साना उद्योग सञ्चालन गर्न चाहने उद्यमीलाई उद्यमशीलता तालिम प्रदान गरिनेछ ।  दुग्धजन्य वस्तु, मैनवत्ती उद्योग जस्ता विषयगत क्षेत्रको खोजी गरी विशेष औद्योगिक क्षेत्र स्थापना गर्न सम्भावित क्षेत्रको खोजी कार्य अघि वढाइनेछ साथै अचार, चाउमिन , पापड जस्ता उद्योग सञ्चालनमा जोड दिदै निशुल्क तालिमको व्यवस्था मिलाइनेछ ।

गाउँपालिका भित्र रहेको उद्योग व्यवसायलाई दर्ता गरी करको दायरामा ल्याइनेछ ।  मदिरा जन्य पदार्थ विक्री वितरण कार्यलाई व्यवस्थित गरिनेछ ।  सवै पसलहरुमा मूल्य सूची टाँस गर्नुपर्ने व्यवस्था मिलाइनेछ । ४।० पूर्वाधार विकास ४।१ सडक तथा भौतिक निर्माण  भिमसेनथापा चक्रपथ निर्माण कार्यको डि।पि।आर निर्माण कार्यलाई सम्पन्न गरी पक्की सडकको रुपमा विस्तार गर्न यसै वर्षवाट कार्य आरम्भ गरिनेछ ।

एक वडा एक वलियो सडक निर्माणको अभियानलाई अगाडि वढाइनेछ ।  हरेक मरनघाटमा एक मलामी गृह निर्माण कार्यको थालनी गरिनेछ । आवश्यकता हेरी हरेक वडामा क्रियापत्री भवन निर्माण कार्यको थालनी गरिनेछ ।  निर्माणाधीन सडकहरुको स्तर उन्नति गर्दै प्रत्येक वडाका एक सडकलाई कालोपत्रेगर्ने काम आरम्भ गरिनेछ ।  वातावरण मैत्री सडक निर्माणलाई प्राथमिकता दिइनेछ ।  मुख्य वजार क्षेत्र र वाक्लो वस्ती भएका ठाउँका सडक निर्माणलाई व्यवस्थित वनाइनेछ । नाला र सडक निर्माण कार्यलाई एकीकृत ढंगले अघि वढाइने छ ।  अधुरा सडक निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।  सडक निर्माणवाट हुने पर्यवरणीय क्षति न्यूनीकरण गर्न कोष खडा गरी सडक निर्माण योजनाको एक प्रतिशत रकम जम्मा गरिनेछ ।

४।२ विद्युत तथा उर्जा विकास 

गाउँपालिकाभित्रका सवै वस्तीहरुमा विद्युत सेवा उपलव्ध गराइनेछ । काठेपोल विस्थापन गरी स्टील पोल राख्नेकार्य लाई यसै आ व भित्र सम्पन्न गरिनेछ ।  विद्युत लाइनलाई थप व्यवस्थित गरिनेछ । ४।३ गाउँ यातायात सेवा ज्ञठ  गाउँपालिकाभित्र व्यवस्थित वसपार्क वनाउने सम्भाव्य स्थानको खोजी गरिनेछ ।  यातायात सम्वद्ध कर्मचारीहरुलाई ट्राफिक नियम सम्वन्धी तालिम प्रदान गरिनेछ   भाडादर व्यवस्थित गर्ने कार्यलाई अघि वढाइने छ ।

८४ वर्ष भन्दा वढीका वृद्धहरुलाई यातायात भाडा निशुल्क गर्न पहल गरिनेछ ।  यातायात सवारी कर निर्धारण गरी प्राप्त रकम सडकको स्तर उन्नति कार्यमा लगाइनेछ ।

५।० वन, वातावरण तथा विपद्व्यवस्थापन ५।१ वन तथा वातावरण ः

वृक्षारोपण तथा वन संरक्षण नीति अवलम्वन गरी हरितगृह प्रभाव न्ूयनीकरण नीति लिइनेछ ।  जोखिमयुक्त क्षेत्र पहिचान गरी तारजाली लगाउने व्यवस्था गरिन छ ।  एक वार्ड एक जातको विरुवा उत्पादन नर्सरी अभियान सञ्चालन गरिनेछ ।  प्राङ्गारिक मल प्रयोग जैविक खेती गर्न प्रोत्साहित गर्ने नीति लिइनेछ ।  वन उपभोक्ता समितिसंग सहकार्य गरी वनपैदावर आपूर्तिमा सहजता ल्याइनेछ । डुवान क्षेत्रमा अनियन्त्रित रुपमा उत्खनन भइरहेको गिटी वालुवा ढुङ्गा खानीलाई व्यवस्थित रुपमा करको दायरामा ल्याईसंञ्चालन गरिनेछ ।

पालिकाभित्रका वनजङ्गलमा पाइने जडिवुटीहरुको पहिचान गर्न विज्ञहरुको टोली वनाई परिचालन गरिनेछ ।  खाली सार्वजनिक जमिनहरुमा वृक्षारोपण कार्य गरिनेछ । नदीखोला कटान क्षेत्रको पहिचान गरी तटवन्ध निर्माण कार्यको अध्ययन गरिनेछ । पैरो प्रभावित क्षेत्रमा वृक्षरोपण गरी भू संरक्षण गर्ने नीति अपनाइनेछ ।  प्रत्येक घरमा सुधारिएको चुल्हो निर्माण गर्न अभियान प्रारम्भ गरिनेछ ।

५।२ विपद व्यवस्थापन

विपद प्रतिकार्य योजना निर्माण गरी वडागत रुपमा चेतनामूलक तालिम कार्यक्रमञ्चालन गरिनेछ ।  गाउँपालिका स्तरीय विपद व्यवस्थापन कोष खडा गरी विपदमा उद्धार तथा राहत कार्यक्रम सञ्चालन गरिनेछ ।  जलवायु अनुकुूलन सम्वन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।

६।० सुशासन र संस्थागत विकास

६।१ शान्ति सुरक्षा

सवै नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति गर्न सक्ने ढंगले सुरक्षा प्रबन्ध गरिनेछ । गाउँपालिका, वडा तथा वजार र मुख्य वस्ती लक्षित सुरक्षा निकायको व्यवस्था गर्न जिल्ला प्रहरी कार्यालयसंग समन्वय गरी अघि वढिनेछ ।  गाउँघरमा घट्न सक्ने अप्रिय घटना विभिन्न अपराधवारे सचेत गर्न सुरक्षा निकाय समेतको संलग्नतामा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।  अपराध न्यूनीकरणका लागि भिडियो प्रदर्शन तथा चेतनामूलक सडकनाटक प्रदर्शन गरिनेछ । ६ं२ सुशासन  दैनिक प्रशासनिक कार्य तथा सेवा प्रवाहमा छिटो छरितोपन ल्याउन कर्मचारी प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ ।

नेपाल सरकारले प्रस्ताव गरेको दरवन्दीको आधारमा स्थानीय तहमा काजमा आएका कर्मचारीबाट कार्य सम्पादन गर्न कठिन भएमा करार जनशक्ति व्यवस्थापन कार्य विधिका आधारमा विषयगत शाखामा आवश्यक जनशक्तिको प्रवन्ध गरिनेछ ।

कर्मचारी व्यवस्थापनमा समावेशीकरण अवधारणालाई ख्याल गरिनेछ ।  कार्यान्वयनमा रहेका योजनाहरुलाई व्यवस्थित गर्न योजना समन्वय इकाइको व्यवस्था गरिनेछ ।  संस्थागत संरचनालाई समसामयिक ढंगले अद्यावधिक गरिनेछ ।  गाउ कार्यपालिकाको कार्य सञ्चालन प्रक्रिया विधिसम्मत बनाउन आवश्यक ऐन कानुन तथा कार्यविधिहरु निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।

योजनाहरुको प्रभावकारिता मूल्यांकन गर्न विज्ञहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम त्रैमासिकरुपमा सञ्चालन गरिनेछ ।  सहश्राब्दी विकास लक्ष्य र दीगो विकास अनुरुप संस्थागत विकास कार्यलाई अगाडि बढाइनेछ ।  कार्यपालिकाको प्रवक्ता मार्फत आधिकारिक सूचना सम्प्रेषण गरिनेछ ।

६।३ पारदर्शिता तथा जवाफदेहिता

जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता विकास सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।  कार्य व्यवस्थापन प्रणालीभित्र सेवा प्रवाहको स्पष्ट मापदण्ड निर्धारण गरिनेछ ।  सेवा प्रवाहलाई सुचना प्रविधिमैत्री बनाइनेछ ।  गाउँपालिका तथा वडा कार्यालयहरुमा डिजिटल बडापत्रको व्यवस्था गरिनेछ । सञ्चालित योजना तथा कार्यक्रमहरुको सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिनेछ ।  गाउँ प्रोफाइललाई पुनर्लेखन गरिनेछ ।  विषयगत शाखाहरुलाई प्राप्त हुने कार्यक्रमहरुको अख्तियारी प्रदान गरी जिम्मेवार वनाइनेछ ।

वडा वडामा गाउँपालिका अध्यक्ष र जनताहरु वीच प्रत्यक्ष सम्वाद गर्ने हेल्लो जनता कार्यक्रम सञ्चालन गरिनेछ ।  गाउँपालिका भित्रका सवै सरकारी निकायहरुमा विद्युतीय हाजिरीको व्यवस्था गरिनेछ ।  कार्यसम्पादनमा सिसि टिभि क्यामेरा मार्फत निगरानी गर्ने एवं प्रविधि मैत्री वातावरण वनाउन आवश्यक व्यवस्था मिलाइनेछ ।

गुनासो सुन्ने अधिकारी र सुचना अधिकारी मार्फत गुनासो समाधान गर्ने एवं हरेक सुचनामा सरोकारवालाहरुको पँहुच पु¥याइनेछ ।  प्रत्येक महिना गाउँपालिकाको आय र व्ययको विवरणलाई सार्वजानिक गरिखेछ ।  गाउँपालिकका भित्रको सवै सरकारी निकायहरुमा इन्टरनेट सेवा उपलब्ध गराउन वजेट व्यवस्था गराउनेछ ।

वडा सचिवहरुको कार्यसम्पादनमा छिटो छरितो ल्याउन सम्पर्क र समन्वयमा सहजता ल्याउन सिम र मोवाइल सेट सहित सञ्चार सुविधा उपलब्ध गराइनेछ ।

६।४ सूचना तथा सञ्चार 

गाउँपालिका भित्रका सवै स्थानहरुमा इन्टरनेट सुविधाको पहुँच पुग्ने गरी आवश्यक स्थानहरुमा वाइफाई टावर निर्माण गरिनेछ ।  नेपाल टेलिकमसंग समन्वय गरी सव स्टेसनको निर्माण गरी स्थानीय रुपमा ल्यान्ड लाइन टेलिफोन सेवा उपलव्ध गराइनेछ ।  सवै विद्यालय, स्वास्थ्य चौकी तथा वडाहरुमा इन्टरनेट सेवा पुर्याइनेछ ।  गाउँपालिकाको गतिविधिहरुलाई सञ्चार प्रविधि मैत्री वनाइनेछ ।  स्थानीय एफ।एम। रेडियो संगको सहकार्यमा सन्देश तथा जानाकारी मुलक कार्यक्रमहरु संचालन गरिनेछ ।

 ७। विविध

विशेष वुढीगण्डकी आयोजना

राष्ट्रिय गौरवकोवुढीगण्डकी जलविद्युत आयोजना निर्माण कार्यमा योगदानमूलक सहभागिता जनाइनेछ ।  यस आयोजनावाट प्रभावित नागरिकहरुको वसोवासको लागि उपयुक्त स्थानमा नमुना वस्ती निर्माण गर्न पहल गरिनेछ ।  यस आयोजनालाई दीर्घकालिन पर्यटकीय उपलव्धीको रुपमा ग्रहण गर्दै विकास निर्माणका कार्यलाई आयोजना मैत्री वनाइनेछ ।

७।१। देहायका गाउँपालिका स्तरका गौरवका आयोजनाहरुको घोषणा गरि विशेष वजेट तथा कार्यक्रम सहित कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्दै अनुमोदनको लागि प्रस्ताव प्रस्तुत गर्दछु ।

१। करिव २४ किलोमिटर लम्वाइको भिमसेनथापा चक्रपथ निर्माण योजना

२। भिमसेनथापा स्मारक एवं संग्राहालय निर्माण योजना

 ३। चारधारे पम्पिङ्ग खानेपानी योजना

 ४। वहुवाखेत पम्पिङ्ग खानेपानी योजना

५। विर्सेपानी खानेपानी योजना

 ६। नाङ्गे पम्पिङ्ग खानेपानी योजना

 ७। सल्लाघारी पार्क निर्माण योजना

 ८। कासीघाट पशुपति क्षेत्र संरक्षण एवं व्यवस्थापन योजना

 ९। सिद्धकाली मन्दिर परिसर क्षेत्र विकास योजना

 १०। मुडुलो थुम्को÷दुल्लभ पार्क योजना

११। दुल्लभ मार्ग निर्माण योजना

१२। भिमसेनथापा पदमार्ग निर्माण योजना

 १३। इत्लापोखरी संरक्षण योजना

१४। ठुलोपोखरी मसेल संरक्षण योजना

 १५ चण्डीमाई मन्दिर अश्राङ्ग संरक्षण एवं प्रवद्र्धन योजना

 १६। कमल पोखरी संरक्षण योजना

माथि उल्लिखित वार्षिक नीतिहरु कार्यान्वयन गर्न आवश्यक कार्यक्रमकोतर्जुमा र वजेट व्यवस्था गरिनेछ ।

आदरणीय गाउँसभा सदस्यज्यूहरु :

यस वार्षिक नीति र कार्यक्रमउपर यस गरिमामय सभामा विशेष महत्वका साथ दफावार छलफल गर्न म सभासदज्युहरुलाई अनुरोध गर्दछु । छलफलका क्रममा यथार्थपरक ढंगले रचनात्मक र विश्लेषणात्मक सुझावहरु आएमा त्यसलाई हार्दिकता पूर्वक समावेश गरिनेछ । सवै सभासदहरुको सक्रिय उपस्थिति , छलफल, अन्तरक्रिया र वहसपछि प्रस्तुत नीति र कार्यक्रम पारित हुने विश्वास मैले लिएको छु ।

हाम्रो स्वार्थ भनेकै हाम्रै जन्मभूमि भिमसेनथापा गाउँपालिकाको भाग्य र भविष्यको रेखा कोर्ने हो अतः उल्लेखित निति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सम्पूर्ण राजनैतिक दलहरु, वुद्धिजीवि, नागरिक समाज एवं सम्पूर्ण कर्मचारीहरु लगायत सरोकारवाला सवैको साथ र सहयोगको अपेक्षा गरेको छु । साथै यो नीति तथा कार्यक्रम तर्जुमामा सहयोग गर्नुहुने राजनैतिक दलहरु, विषयगत समितिहरु, गाउँसभा सदस्यहरु राष्ट्रसेवक कर्मचारीहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत सम्पूर्ण भिमसेनथापा गाउँवासी जनसमुदायप्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछु ।

 धन्यवाद

 इश्वर पाण्डे

अध्यक्ष

भिमसेन थापा गाउँपालिक, गोरखा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com