Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
१:३७:५७ राति
- ADVERTISEMENT -

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाडौंमा मास्क लगाएर हिँडन नपर्ने’ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति

प्रकाशित मिति: २०७६ असार १९, बिहीबार

1119
Shares

काठमाडौं, १९ असार २०७६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसद रगंमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाडौंमा मास्क लगाएर हिँडन नपर्ने’ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री ओलीले केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा मास्क लगाएर हिंडनुपर्ने अवस्था नरहेको भनि अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको सो अभिव्यक्तिको सामाजिक संजालमा समेत चर्को आलोचना भइरहेको छ ।

बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसद शाहीले काठमाडौंमा मास्क लगाउन पर्ने-नपर्ने अवस्थाको जानकारी लिन आफूसँगै स्कुटरमा बसेर यात्रा गर्न पनि प्रधानमन्त्री ओलीलाई आह्वान गरिन् । “म वनस्थली बस्छु, यहाँबाट बनस्थलीसँग मेरो स्कुटरको पछि बसेर यात्रा गर्नुछ,’ सांसद शाहीको भनाई थियो, ‘प्रधानमन्त्रीलाई मेरा सुझाव छ, त्यसपछि थाहा हुन्छ माक्स लगाउनुपर्छ कि पर्दैन भनेर ।”

सांसद शाहीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ उपस्थित भएको सो बैठकमा प्रधानमन्त्रीले उद्घाटन गरेको विद्युतीय बस कहाँ छ भनी प्रश्न पनि गरिन् ।

उनले सरकारले तीन सयवटा विद्युतीय बस सञ्‍चालन गर्ने योजना बनाएको उल्लेख गर्दै त्यसका लागि ब्याट्री चार्जिङ स्टेशनको व्यवस्थापन सम्बन्धि योजनाबारे पनि जिज्ञासा राखेका थिए ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -