- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भु पु बिधार्थीको पहलमा विधालयमा बिपन्न बिधार्थी अक्षयकोष स्थापना

July 2, 2019
1801
Shares
- ADVERTISEMENT -

गोरखा, १७ असार २०७६ । गोरखाको भिमसेन गाँउपालिका-३ , मा रहेको नवज्योति माध्यमिक बिधालयमा विपन्न बिधार्थी अक्षयकोष स्थापना भएको छ ।

हाल अमेरिकामा बसोबास गर्दै आएका बिधालयका भु पु बिधार्थी कृष्ण प्रसाद भट्टको पहलमा अमेरिकामा विभिन्न पेशा र व्यवसाय सन्चालन गर्दै आउनु भएका ६८ जना नेपाली समाजसेवी सामाजिक अभियान्ताहरुबाट  $२६३१ अमेरिकी डलर संकलन गरी बिधालयलाई उपलब्ध गराउनु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

उक्त रक़म मध्य दुई लाख नेपाली रक़मको विपन्न बिधार्थी कोष र ८४ हज़ार नेपाली रक़म बराबर को ECD देखि १० कक्षा सम्म का बिधार्थीलाई शैक्षिक सामाग्री स्वरुप १३५ जना बिधार्थीलाई झोला वितरण गरिएको बिधालयले जानकारी  दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

सोही अक्षयकोषको रकमलाई बैक ख़ातामा जम्मा गरि सोही रक़मबाट आएको व्याजबाट प्रत्यक वर्ष बिधालयको बार्षिक उत्सवमा विपन्न बिधार्थी बिधालयले छनोट गरी  बिधार्थीलाई शैक्षिक सामाग्रीहरु उपलब्ध गराउने बिधालयले जनाएको छ ।

बिधालयमा आज आयोजित कार्यक्रममा बिधालयका शिक्षक तारानाथ भट्टले बिधालयका प्रधानाध्यापक ठाकुर लामिछाने र बिधालय वयबस्थापन समितिका अध्यक्ष रत्न प्रसाद पुडीसैनीलाई उक्त रक़म  उपलब्ध गराउनुको साथै बिधार्थीहरुलाई झोला बितरण गरिएको बिधालयको शिक्षिका गिता सिम्खडाले जानकारी दिनुभयो ।

कार्यक्रममा बिधालयको तर्फबाट प्रधानाध्यापक लामिछाने र बिधालय व्यवस्थापन समितिका अध्यक्ष पुडासैनीले भु पु बिधार्थीको पहलमा भएको यस अक्षयकोष निर्माण कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण अमेरिकाबासी सहयोगी मनहरुलाई सदैव बिधालयले सम्झिरहने र उहाँहरुलाई सहयोग उपलब्ध गराईदिनु भएकोमा धन्यवाद ब्यक्त गर्नु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com