Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१०:२७ बिहान
- ADVERTISEMENT -

गोरखाका ग्रामिण कालोपत्रे सडकमा अझैं कच्चिकै भाडा

प्रकाशित मिति: २०७६ असार १५, आइतबार

3217
Shares

गोरखा, आरुघाट, १५ असार २०७६ । ग्रामिण भेगमा यातायात संचालन गर्दै आएका ब्यवसायीले सडक कालोपत्रे र ग्राबेल भइसक्दा पनि भाडा भने कच्चीहुँदा अनुसार नै लिएको गुनासो यात्रुहरुको छ।

गोरखा–आरुघाट सडक र गोरखा–भच्चेक सडक कालोपत्रे भइसक्दा पनि यातायात ब्यवसायीले भने कच्ची कै मनपरी भाडा असुलिरहेका छन् ।

गोरखा सदरमुकामदेखि आरुघाट बजार सम्म करिब ४२ किलोमिटर सडकको भाडा दुई सय रुपैयाँ छ । यातायात ब्यवसायीले यो भाडा लिन थालेको २०७४ असोजदेखि हो । चार घण्टा लाग्ने आरुघाट सडकको बस यात्रा दुई घण्टामा झरेको छ। फिनाम–झिगटे हुँदै बगुवा सम्म सडक कालोपत्रे छ । तान्द्राङको बिच भागमा पनि कालोपत्रे गरिएको छ। करिब २० किलोमिटर सडक कालोपत्रे भएको छ । बाँकी सडक कालोपत्रेका लागि ठिक्का पारिएजस्तो ग्राबेल गरिएको छ । तर भाडा भने दुई वर्षअघिकै दुई सय छ ।

मजदुरहरुले भाडादर नयाँ निर्धारण नभएको भन्दै कच्ची सडककै भाडा लिइरहेका छन् । स्थानीय ठाकुर भट्टले छ महिना पहिले र अहिले सडकको अवस्था फेरिएको बताउँदै भने ‘घ्याम्पेशाल पुग्न तीन घण्टा लाग्थ्यो, अहिले एक घण्टामा पुगिन्छ भाडा भने तीन घण्टाकै तिर्नुपर्छ।’ ‘भिमसेन थापा गाउँपालिका बगुवाका स्थानीय कुविर पौडैलले भने ‘सडक पिच भयो, तर खै भाडा घटेन, हामीले ५० प्रतिशत धेरै भाडा तिर्नुपरेको छ।’ यातायात मजदुर र यात्रुबिच पाँच÷१० रुपैयाँ भाडामा पनि बिवाद हुने गरेको छ ।

गोरखा–आरुघाट–आर्खेतको ४६ किलोमिटरको भाडा दुई सय ५५ तोकिएको थियो। आरुघाट सम्म दुई सय लिने ब्यवसायीले आरुघाटदेखि आर्खेत र सोतीसम्म एक सय ५० रुपैयाँ सम्म भाडा लिने गरेका छन्। यसअघि निर्धारण भएको भाडा आरुघाट माथि भने लागु भएको छैन।

गोरखाको अधिकांश ग्रामिण रुटमा यातायात संचालन गर्दै आएको यातायात ब्यवशायी समिति गोरखाले गोरखा–भच्चेक रुटमा पनि भाडा घटाएको छैन ।

५८ किलोमिटर उक्त सडक खण्डको बाह«किलो हुँदै चोरकाटे सम्म कालोपत्रे यस अघि नै भइसकेको छब। अहिले प्रतिब्यक्ती दुई सय ५५ रुपैयाँ भाडा ब्यवसायीले लिँदै आएका छन् ।

त्यसैगरी, चोरकाटेदेखि चित्रेपोखरी सम्मको करिब १५किलोमिटर सडक बाहेक त्यसमाथिको खण्ड पनि कालोपत्रे भएको छ ।

धारापानी सम्म पिच सडक छ। त्यहाँदेखि भच्चेक सम्म कालोपत्रे गर्न ठिक्क परिएको ग्राबेल सडक छ । पाँच घण्टा लाग्ने भच्चेक सडकको यात्रा तीन घण्टामा झरेको छ। दिनभरी गाडी फसेर हैरान हुने ब्यवसायीले पहिले जस्तो दुःख झेल्नुपरेको छैन, तर उनीहरुले भाडा कच्ची सडककै लिएर यात्रुलाई ठगिरहेका छन् ।

यातायात ब्यवसायी समिति गोरखाले अहिले ग्रामिण रुटमा एक सय ४६ यात्रुबाहक बस संचालन गरिरहेका छ्न ।

दैनिक ७० वटा बस ग्रामिण भेगबाट चल्छन्। यात्रुबाहक बसले मात्रै होईन मालबाहक सवारी साधन, बोलेरो जिप, ट्रक, ट्याक्टर ट्रिपर लगायतका साधनले पनि कच्ची सडकै भाडा असुलेका छन्। प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सडक कालोपत्रे भएपछि कच्ची सडकको भाडा लिनु ठिक नभएको बताए। ‘सर्वसाधारणलाई केही सहज, फाईदा हुनुपर्छ, सडक बनेपछि भाडा पनि समायोजन हुनुपर्छ, म अध्ययन अनुगमन गर्छु।’भन्नू भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -