२०८३ जेठ ५, मंगलबार
३:००:३८ राति
- ADVERTISEMENT -

नेत्रविक्रम चन्द विप्लबको गाउँ कपिलवस्तुको शिवगढीमा उनका छोरा प्रकाश चन्दले स्वास्थ्य शिविर सञ्चालन

प्रकाशित मिति: २०७६ असार १०, मंगलबार

1148
Shares

काठमाडौं, १० असार २०७६ । सरकारद्वारा प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लबको गाउँ कपिलवस्तुको शिवगढीमा उनका छोरा प्रकाश चन्दले स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

विप्लवको पार्टीसम्बद्ध जनवर्गीय संगठन जनस्वास्थ्यकर्मी महासंघका महासचिवसमेत रहेका प्रकाश चन्दको नेतृत्वमा आयोजित स्वास्थ्य शिविरमा त्यस क्षेत्रका २ हजार ६ सय बिरामीले सेवा लिएका छन् ।

प्रकाशले जनाएअनुसार पानीमा रुझ्दै र चर्को घाममा उभिएर पनि बिरामीहरुले सेवा लिएका थिए ।

दुई दिनमा दुई हजार ६ सयको संख्यामा सर्वसाधारण जनता स्वास्थ्य परीक्षणका निम्ति आएका उल्लेख गर्दै यसबाट आम नागरिकमा स्वास्थ्यसम्बन्धी ठूलो समस्या रहेको पुष्टि भएको भन्दै प्रकाशले दुःख व्यक्त गरे । यसैलाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने प्रतिबद्धता उनले जनाए ।

कपिलवस्तुस्थित शिवगढी नगरपालिका ३ भगवानपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा असार ७ र ८ गते दुई दिन स्वास्थ्य शिविर चलाएको प्रकाशले जानकारी दिए । करिव ७ किलोमिटर परबाट समेत सेवा लिनका लागि स्थानीयहरु शिविरमा आएका उनको भनाई थियो ।

प्रकाशले बताए अनुसार स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती, बालरोग, दाँतरोग, हाडजोर्नी, छाला रोग तथा यौनरोग, नाक कान घाँटी, प्रयोगशाला र भिडियो एक्सरे सेवा उपलब्ध गराइएको थियो । शिविरबाट जनतालाई थोरै भए पनि राहत महसुस गराउन खोजेको उनले बताए । सो गाउँमा एउटा मात्रै स्वास्थ्य चौकी रहेको छ ।

अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको पहल र शहिद स्मृति प्रतिष्ठानको आयोजनामा आयोजित शिविरमा विप्लवका छोरा प्रकाशसहित १९ जना स्वास्थ्यकर्मीहरु जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन खटिएका थिए । पुरानो मेडिकल कलेज भरतपुरबाट १९ जना स्वास्थ्यकर्मी शिविरमा गएका थिए ।

अर्थोसर्जरी विषयमा चितवन मेडिकल कलेजमा एमबीबीएसको पढाइ सकेका प्रकाश यतिबेला प्रशिक्षार्थी चिकित्सकका रुपमा काम गरिरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -