साउदी अरब, ९ असार २०७६ । नुवाकोट किमताङ्गमा स्थाई घर भई साउदी अरबलाई कर्मथलो बनाएर आफनो साँगितिक यात्रा शुरु गर्नु भएका गायक आर.बि. लामाले पछिल्लो समय आफनो भाषा तथा सँस्कृतिको रक्षा गर्दै गीत सँगीतको क्षेत्रमा आफुलाई स्थापित गर्न लागि पर्नु भएको छ ।

तामाङ्ग भाषाका विभिन्न ८ वटा र नेपाली भाषाका ३ वटा गीतहरु रेकर्ड गरिसकेका गायक लामाले ३ वटा तामाङ्ग भाषाका गीतमात्र सार्वजनिक गर्नुभएको छ ।

सार्बजनिक भएका गीतहरुबाट सोचेभन्दा बढी नै सकरात्मक प्रतिक्रिया पाएकोले पनि यस क्षेत्रमा लाग्न अझ उत्साह मिलेको उहाँको अनुभव उहामा रहेको छ ।

सार्बजनिक भएका सीम सीम लाबा, किम्ताङ्ग स्योङ, कोशिङ रो रो गीतहरु तामाङ्गभाषीहरुका बिच अत्यधिक लोकप्रिय छन् । गाउँघरमा गुन्गुनाईने भाका,सबैले बुझनसक्ने शैली, प्रियतम प्रियसीका विचमा हुने विभिन्न रमाईला घटनामा आधारित शब्द, लय र सँगीतमा गीत तयार भएको हुनाले पनि छोटो समयमा के केटाकेटी, के बुढाबुढी, के युबायुबती सबैका सामु लोकप्रियता हाँसिल गरेको गायक लामाले बताउनु हुन्छ ।

सर्बप्रथम रिलिज भएको गीत सीमसीम लाबा अरु सबै गीतभन्दा पनि उत्कृष्ट रहेको गायक बताउनु हुन्छ ।

युबा अबस्थामा रसरंगमा रमाउने प्रेमजोडीहरुका प्रेममय भाबहरुका विचमा रहेका परिघटनामा आधारित गीत भएकोले पनि यो गीतको लोकप्रियता चुलिएको हो ।

यो गीतको म्युजिक भिडियो पनि सन्स नेपालको युट्युब च्यानलबाट सार्बजनिक भएको छ । यसको म्युजिक भिडियोमा मिस तामाङ्ग २०१८ कि फस्ट रनरअप रन्जिता लामा, म्हेन्दामायाका चर्चित मोडेल याङछु तामाङ्गको अभिनय रहेको छ भने मेहेन्दोमायाकि चर्चित गायिका मिना लामाको शब्द÷संगीत, राजु खडकाको एरेन्जिङ्ग रहेको छ ।

उहाँको गीतलाइ युट्युबको यो लिंकमा गएर पनि हेर्न सकिन्छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्