काठमाडौं,, ९ असार २०७६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले वन मन्त्रालयले गलत मनासायले कार्यविधि ल्याउन लागेको बताएका छन् ।

मन्त्रालयले संरक्षित क्षेत्रभित्र पर्यटकीय सेवा सञ्चालन तथा नियमन गर्ने सम्बन्धी कार्यविधि २०७५ अन्तिम चरणमा पुर्याएको उल्लेख गर्दै सांसद थापाले उक्त कार्यविधि गलत मनासायका साथ ल्याइएको जिकिर गर्नुभयो  ।

‘स्रोतको संरक्षण गरेर लाभ लिने हो,’ सोमबारको संसद बैठकमा थापाले भने, ‘तत्कालको लाभका लागि समग्र स्रोत नै नष्ट गर्ने कुरा होइन ।’

दूरगामी प्रभाव पार्ने गरी प्राकृतिक स्रोतको दोहन गर्नु गलत भएको उल्लेख गर्दै सांसद थापाले भने, ‘सोच मात्र होइन सभामुख महोदय, नियत नै गलत छ ।’

पर्यटकीय क्रियाकलाप, पर्यटकीय सेवा, सहासिक पर्यटक भनेर ऐनमै नभएको कुरा कार्यविधिमा ल्याइएको उल्लेख गर्दै सांसद थापाले मन्त्रीस्तरबाट नयाँ परिभाषा कार्यविधिमा थपिएको बताउनु भयो ।

केही साहुहरुलाई पोस्नका लागि साहुहरुको चाहनामा कार्यविधि बनाएर ऐनलाई छलेर मन्त्रीस्तरबाट कार्यान्वयन गर्न खोजीएको कुरा कार्यविधिले प्रष्ट पारेको उनको भनाइ थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्