Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२७:१४ बिहान
- ADVERTISEMENT -

गलबन्दी गीतबारे प्रतिनिसभा बैठकमा चर्चा

प्रकाशित मिति: २०७६ असार ९, सोमबार

1239
Shares

काठमाडौं, ९ असार २०७६ । पछिल्लो समय निकै चर्चामा रहेको गायक प्रकाश सपुत र शान्ति श्री परियारको गलबन्दी गीतबारे प्रतिनिसभा बैठकमा चर्चा चलेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद मीनबहादुर विश्वकर्माले गायक सपुतले गीत चोरी गरेको भनी लगाइएको आरोपप्रति आपत्ति जनाएका हुन् ।

उनले गाउँमा मेलापात, गोठालो, रोधीमा गाइने लोक भाकाहरु कसैको नीजि नहुने बताए । सपुतको गीत कसैको गीतसँग मेल नखाएको दाबी गर्दै सांसद विश्वकर्माले आफ्नो गीत मिल्यो भन्दै शम्भु राईले मुद्दा हल्नु गलत भएको भनाइ राखे । ‘एक सामान्य कलाकारले अति मन छुने स्वर, शैली र छायांकनसमेत गरी प्रस्तुत गरेको गीतमा फरक भूगोल, फरक परिवेश, फरक शब्द र फरक कालखण्डमा उस्तै–उस्तै गीत मैले पनि गाएको थिएँ नक्कल भयो भनी मुद्दा हाल्नु एक प्रतिष्ठित कलाकारका लागि लज्जाको विषय हो’ सांसद विश्वकर्माले भने।

यस सन्दर्भमा सामाजिक सञ्जालमार्फत प्रकाश सपुतलाई जातीय भेदभाव हुनेगरी निच शब्द प्रयोगरी गाली गर्दै हतोत्साही बनाएको विश्वकर्माले बताए।

कानुन र सामाजिक सद्भावको बर्खिलाब हुनेगरी अभिव्यत्ति दिएकाले उनीहरुलाई साइबर कानुन र जातीय भेदभावविरुद्धको अपराधमा कारबाही गर्न उनले माग गरे । रेशम चौधरीको प्रशंग उठाउँदै विश्वकर्माले सरकार नै जातीय द्वेष बढाउन उद्दत रहेको आरोप लगाए ।

यसबारे सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने माग गर्दै सांसद विश्वकर्मा अन्यथा दलित समुदाय आन्दोलनमा उत्रने चेतावनी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -