Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३३:४७ दिउँसो
- ADVERTISEMENT -

पर्यटन सुन्दरी प्रतियोगिता साउन २५ गते

प्रकाशित मिति: २०७६ असार ९, सोमबार

659
Shares

काठमाडौं, ९ असार २०७६ । पर्यटकीय गतिविधिको प्रचारप्रसारका लागि महत्वपूर्ण ‘प्रडक्ट’ का रुपमा पर्यटन क्षेत्रको सुन्दरी प्रतियोगिता ‘मिस टुरिज्म’ लाई पनि लिइन्छ । सौन्दर्य ‘ग्ल्यामर’ पर्यटनको अभ्यास विकसित मुलुकमा पनि भएको पाइन्छ, जसका माध्यमबाट पर्यटनलाई आकर्षण गर्ने र प्रवर्द्धन गर्ने उपयुक्त आधार पनि बन्दै आएको उदाहरण छन् ।

नेपालको पर्यटन क्षेत्रमा पनि पछिल्लो समय सौन्दर्य पर्यटनको अभ्यास थालिएको छ । प्वाइन्ट मिडिया प्रालिले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१६ देखि हरेक वर्ष ‘मिस टुरिज्म’ प्रतियोगिता गर्दै आएको छ । विगत झैँ यस वर्ष पनि मिस टुरिज्म–२०१९ को चौथो संस्करण आगामी साउन महीनामा आयोजना हुने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक प्वाइन्ट मिडियाले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगिताले पर्यटन क्षेत्रमा नयाँ अवसरको सिर्जना गर्नाका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । पर्यटन क्षेत्रमा योग्य र दक्ष जनशक्तिलाई आकर्षण गर्ने मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा क्षमता प्रदर्शन गर्ने अवसरसमेत पाएको प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताए । उनले प्रतियोगितालाई व्यवस्थित र पारदर्शी बनाउन सरोकार भएका निकायसँग समन्वय गरेर अघि बढ्ने बताए ।

निजी क्षेत्रको अग्रसरतामा नेपाल पर्यटन बोर्डलगायत विभिन्न निकायको साझेदारीमा भइरहेका यस्ता प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अन्तर्राष्ट्रिय रुपमा समेत अभ्यास भइरहेको मिस टुरिज्मजस्ता प्रतियोगिताले पर्यटन प्रवर्द्धनका लागि मात्र नभई महिला नेतृत्व विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

ट्रेकिङ एजेन्सिज  एशोसिएशन अफ नेपाल (टान) का पूर्वअध्यक्ष चन्द्र रिजालले मिस टुरिज्मलाई व्यावसायिक प्रवर्द्धनको रुपमा स्थापित गरिनुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य रामशरण थपलियाले भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन पनि प्रतियोगिताको उपयोग गर्नसक्नुपर्ने धारणा राखे ।

काठमाडौं, पोखरा र चितवनमा अडिशन लिइनेछ । छानिएका प्रतिस्पर्धीलाई २० दिनसम्म विभिन्न विधाका प्रशिक्षकले तालीम प्रदान गरिनाका साथै आन्तरिक पर्यटन प्रवर्द्धनार्थ विभिन्न गन्तव्यको भ्रमणमा समेत लगिने जनाइएको छ ।

पर्यटन व्यवसायी राजन सिंखडा, सागर पाण्डेलगायतले पर्यटनको महत्वपूर्ण प्रडक्टका रुपमा रहेको प्रतियोगितालाई ताज पहिर्‍याउने मात्र नभई उनीहरुको क्षमतालाई पर्यटन क्षेत्रले सदुपयोग गर्नसक्नुपर्नेमा जोड दिए ।

प्रतियोगिताका बिजेतालाई क्रमशः मिस टुरिज्मलाई नगद रु ५० हजार, फस्ट रनर अपलाई रु ३० हजार र सेकेण्ड रनर अपलाई रु २० हजार प्रदान गरिनेछ । बिजेतालाई ब्राण्ड एम्बेस्डरको अवसरका साथै वर्षभरी नै विभिन्न कार्यक्रममा अवसर दिइनेछ ।

आगामी साउन २५ गते आयोजना हुने मिस टुरिज्मको अन्तिम प्रतिस्पर्धाका लागि भोलि शुक्रबार (असार ६ गते) देखि देशभर आवेदन खुल्ला गरिनेछ । प्रतियोगितामा १८ देखि २५ वर्ष उमेर समूहका अविवाहित नेपाली महिलाले आगामी असार २० गतेसम्म आवेदन दिन पाउने आयोजकले जनाएको छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -