२०८३ जेठ ५, मंगलबार
३:२६:३६ राति
- ADVERTISEMENT -

जनसम्पर्क समितिको क्रियाशिलताले काग्रेसलाई उर्जा

प्रकाशित मिति: २०७६ असार ८, आइतबार

1138
Shares

बार्सिलोना, ८ असार २०७६ । नेपाली काग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले वर्तमान सरकार संघियता विरोधी भएको आरोप लगाएका छन् ।

पाँच वर्षमा वर्तमान सरकारले कुनै चमत्कार गर्न नसक्ने भन्दै उनले तुरुन्तै निर्वाचन भएपनि कांग्रेस पहिलो पार्टी बन्ने ठोकुवा गरे । कांग्रेसलाई आफ्नै अन्तरघातले मात्र हराउने गरेको भन्दै उनले अब एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपाली जनसम्पर्क समिति डेनमार्कको १४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘बजेट पेश गर्दा स्थानीय सरकार र प्रदेश सरकारलाई पर्याप्त बजेट दिनुपर्ने थियो ।

३० देखि ३५ प्रतिशतसम्म मात्र बजेट दिएको छ । त्यसलै म यो सरकारलाई संघियता विरोधी सरकार भन्न चाहन्छु ।’ संघीयताको बाटो कांग्रेसले कोरेको उनको दाबी छ ।

जनसम्पर्क समितिको सुरुवात विशेश्वरप्रसाद कोइरालाले पहिलोपटक बम्बईमा आजभन्दा ४५ वर्ष अगाडि स्थापना गरेको महामन्त्री कोइरालाले स्मरण गरे । जनसम्पर्क समितिको क्रियाशिलताले काग्रेसलाई उर्जा थपेको उनले सुनाए ।

उपसभापति विमलेन्द्र निधिले विदेशमा बस्ने नेपालीको लागि भोटिङ राइट कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा कांग्रेस दृढ रहेको बताए ।

लोकतान्त्रिक नेपालको माध्यमबाट नेपालको विकास गर्नका लागि नेपालमा आएको परिवर्तन, शासन प्रणाली र संविधानलाई संस्थागत गर्ने चुनौती नेपालमा रहेको उनले बताए । यो चुनौतीको सामना गर्ने सामर्थ्य कांग्रेसमा मात्र भएको उनको दाबी छ ।

कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीनदिने भेला शुक्रबारदेखि डेनमार्कको कोपनहेगनमा सुरु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -