टोकियो, ६ असार २०७६ । टोकियोमा आईतबार प्रदर्शन हुने  नेपाली चलचित्र ‘लभ स्टेशन’को लागि नायक प्रदिप खडका तथा निर्माता गोबन्द शाही टोकियो आईपुग्नुभएको छ ।

आयोजक, नमस्ते टोकियोका अनुसार  शनिबार साँझ निर्माता शाही तथा नायक प्रदिप खडकाको साथमा  पत्रकार सम्मेलन गरी प्रदर्शनबारे विस्तृत जानकारी दिइनेछ । पत्रकार सम्मेलन टोकियोको सिनओकुवोस्थित नाग्लो घरमा साँझ ६:३० बजे गरिनेछ ।

‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’ को सयोगार्थ टोकियोको नाकानो जेरो हलमा चलचित्र प्रदर्शन गरिन लागिएको हो । जापान प्रदर्शनका लागि नमस्ते टोकियोले व्यवस्थापन गरेको छ । नमस्ते टोकियोले यस भन्दा अगाडि पनि थुप्रै चलचित्र प्रदर्शन तथा अन्य विविध मनोरञ्जन संगै समाज सेवा जोडिएका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

कस्तो छ त ‘लभ स्टेशन ‘ ?

यस अघि विभिन्न संचारमाध्यममा, अभिनेता प्रदीप खड्काले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा लभ स्टेशनमा आफ्नो काम केही पृथक रहेको बताएका छन् ।

चलचित्र लभ स्टेशनमामा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितका कलाकारले अभिनय गरेका छन् ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्