- ADVERTISEMENT -

इटहरी उप-महानगरपालिकाका प्रमुख द्वारिका चौधरीलाई कानूनी कार्वाहीको माग (प्रेस बिज्ञप्ति सहित )

June 21, 2019
899
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ६ असार २०७६ । इटहरी उप-महानगरपालिकाका प्रमुख द्वारिका चौधरीले सार्वजनिक कार्यक्रममा महिलाको अस्मिता, आत्मसम्मानमा प्रहार गर्नेगरी सार्वजनिक स्थानमा  दिएको अभिव्यक्तिप्रति महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल हाम्रो गम्भीर ध्यानाकर्षण गराएको छ ।

आज एक प्रेस बिज्ञप्ति जारी गर्दै गत असार ५ गते सार्वजनिक कार्यक्रममा महिलाप्रति अपशब्द बोलेका थिए । समानता र सामाजिक न्यायकालागि संघर्षरत हामी सबै महिला मानव अधिकार रक्षकहरु प्रमुख चौधरीको उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दछौं ।

- ADVERTISEMENT -

Advertisement

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाकालागि भएका आन्दोलनमा पुरुष सहकर्मीसँग काँधमा काँध मिलाएर आन्दोलनमा होमिँदै गर्दा नेपाली महिलाले निरंकुश सामन्ती पितृसत्तात्मक सोंचमा पनि परिवर्तन आउने अपेक्षा गरेका थिए ।

लोकतन्त्रकालागि लडिरहँदा महिलाहरु पनि आत्मसम्मानपूर्वक बाँच्न पाउने वातावरण बन्ला र लोकतन्त्रको अनुभूति गर्न पाइएला भन्ने आशा थियो तर लोकतान्त्रिक शासन व्यवस्थाका शासकहरुले समेत एकपछि अर्को गर्दै महिलाप्रति विभेद तथा हिंसा गर्ने सोंचलाई नै निरन्तरता दिइरहेका छन् ।

उपमहानगरपालिकाका प्रमुख चौधरीले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति यही सिलसिलाको पछिल्लो कडी हो । मेयरले अभिव्यक्त गरेका शब्दहरु आपत्तिजनक छन, अपमानपूर्ण छन् । उनको सो अभिव्यक्तिले महिलाको आत्मसम्मान तथा स्वाभिमानमाथि प्रहार गरेको हाम्रो ठहर छ । उनले प्रयोग गरेको भाषा तथा शब्द कानुनी रुपमा समेत बर्जित शब्द हुन् । त्यस्ता शब्द प्रयोग गर्नेहरुलाई अविलम्ब कानुनी कारवाही गरिनु पर्दछ ।

बंगलादेसमा एमबिबिएस पढ्दै गरेका छात्राहरुको विषयमा विवादास्पद अभिव्यक्ति दिएकै कारणले मन्त्रीले आफ्नो पदबाट राजनीमा दिएको सन्दर्भ स्मरण गराउँदै मेयर चौधरी संलग्न पार्टीले उनलाई अबिलम्ब कारवाही गरोस् भन्ने हाम्रो माग छ ।

यसका साथै नेपालको कानुन अनुसार यस्ता व्यक्तिलाई प्रशासनद्वारा कारवाहीको प्रक्रिया अगाडि बढाउन सम्बद्ध पक्षसँग आग्रह गर्दै महिला अस्मिताबिरुद्धका यस्ता व्यवहार बिरुद्ध आवाज उठाउन सम्पूर्ण महिला मानव अधिकार रक्षकहरुलाई अनुरोध गर्दछौं ।

अध्यक्ष

डा रेणु अधिकारी

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -