- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

धादिङमा जीप दुर्घटना, पाँचको मृत्यु, १० घाइते  (नामावली सहित)

June 21, 2019
1165
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

धादिङ, ६ असार २०७६ । धादिङको गल्छी गाउँपालिका बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ

धादिङको गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनी तर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनामा परेर गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीय नानु तामाङ, सोही ठाउँका ३० वर्षीय कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का ३८ वर्षीय सेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा परेर घाइते हुनुभएका गल्छी गाउँपालिका वडा नं ४ का २१ वर्षीय सविता प्याकुरेलको उपचारका लागि स्वास्थ्य संस्था तर्फ लैजादै क्रममा बाटोमा मृत्यु भएको प्रहरी चौकी बैरेनीका प्रहरी नायव निरीक्षक जनक बस्नेतले जानकारी दिनुभएको छ ।

गाडी दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि काठमाडौँको ट्रमा सेन्टर लगिएको छ । तरकारी बोकेर बैरेनीतर्फ जाँदै गरेको जीप माथिल्लो सडकबाट अनियन्त्रित भइ पल्टेर तल्लो सडक सम्म आइपुगेको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com