२०८३ जेठ ३, आइतबार
६:१९:५१ बेलुका
- ADVERTISEMENT -

गोरखा लैजाँदै गरेका ४१ बालबालिकाको भरतपुरबाट उद्धार

प्रकाशित मिति: २०७६ असार ६, शुक्रबार

1155
Shares

चितवन, ६ असार २०७६ । पूर्वी चितवनको राप्ती नगरपालिकाबाट गोर्खातर्फ लैजाँदै गरेका ४१ चेपाङ बालबालिकालाई स्थानीय प्रशासनले आज उद्धार गरेको छ ।

नगरपालीकाको वडा नम्बर १३ का ४१ बालबालिका र १३ अभिभावकलाई गोर्खाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ छोप्राकतर्फ लैजाँदै गर्दा भरतपुरको गोन्द्राङबाट उद्धार गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार सूचनाका आधारमा प्रहरी चौकी गोन्द्राङलाई परिचालन गरी ती बालबालिका, अभिभावक र छोप्राकको एक विद्यालयका प्रध्यानाध्यापकलाई आज दिउँसो नियन्त्रणमा लिइएको हो । विद्यालयमा विद्यार्थी कम भएपछि आवासीय रुपमा पढाउने भन्दै ती प्रधानाध्यापकले बालबालिका लगेको स्वीकार गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले बालकल्याण समितिको निर्णय विना बालबालिका ओसारपसार गर्न नपाइने जानकारी दिनुभयो । उद्धार गरिएका बालबालिका र अभिभावकलाई नगरपालिकालाई बुझाउने र पक्राउ परेका प्रधानाध्यापकलाई थप अनुसन्धान गरिने प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

बालबालिका ओसारपसार गर्नुको कारण बारेमा अनुसन्धान गरिने बताइएको छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -