गोरखा, ५ असार २०७६ । हालसम्म योजना सम्झौता नगरेका ६ हजार भन्दा बढि भूकम्प पिडितको नाम लाभग्राही सूचीबाट हट्ने भएको छ । अनुदान पाए पनि घर बनाउन सुरु नगरेकाहरुलाई यही असार २१ गतेसम्म योजना सम्झौता गर्न राष्ट्रिय पुर्नःनिर्माण प्राधिकरणले आग्रह गरेको छ । अन्यथा उनीहरुको नाम हटाउने चेतावनी दिइएको छ । जिल्लामा यस्ता लाभग्राहीको संख्या ६ हजार १ सय ३४ रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

७१ हजार ३८ लाभग्राही रहेको गोरखामा ६४ हजार ९ सय ४ जनाले मात्र पहिलो किस्ता बुझेका छन् । ‘हामी कहाँ उक्त संख्या ठूलै छ’ राष्ट्रिय पुर्नःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख रामशरण आचार्यले भने ‘केन्द्रले निर्णय गरेको छ भन्ने मैले पनि सुनेको छु तर व्यस्तताले गर्दा सबै डाटा एनासाइसिस गर्न भने पाएको छैन् ।’

यही असार २१ गतेभित्र सम्झौता गरी असार मसान्त भित्र अनुदानको पहिलो किस्ता लिन राष्ट्रिय पुर्नःनिर्माण प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले उल्लेखित समय सीमा भित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने बताएको छ । भूकम्प प्रभावित सबै जिल्लामा हेर्दा यो संख्या ६० हजार भन्दा बढि रहेको प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरले बताए ।

उक्त तथ्याङ्कमा लाभाग्राहीको सूचीमा नाम समावेश भए पनि अन्यत्र घर भएका, विदेशमा बस्ने, दोहोरो नाम परेका र घर बनाउन नसक्ने गरिब तथा असाहय, अपाङ्गता भएका, एकल महिला रहेको आशंका गरिएको छ । यसैगरी पहिलो किस्ता बुझेका मध्ये जिल्लामा ६ हजार ३ ले पनि भूकम्प गएको ४ वर्ष बिति सक्दा दोश्रो किस्ता बुझेका छैनन् । केही दिन अघिसम्म ५८ हजार ९ सय १ जनाले मात्र दोश्रो किस्ता बुझेका छन् ।

गोरखाका ५१ हजार ३ सय ५३ घर मात्र पुर्नःनिर्माण भएको देखिन्छ । ७ हजार ५ सय ४८ भूकम्प पिडितले डिपिसी गरी दोश्रो किस्ता बापतको १ लाख ५० हजार रकम लिए पनि हालसम्म तेश्रो किस्ता बुझेका छैनन् ।

५८ हजार ९ सय १ ले दोश्रो किस्ता लगेको देखिन्छ । ती मध्ये ५१ हजार ३ सय ५३ भूकम्प पिडितले मात्र घर निर्माण सम्पन्न गरी तेश्रो किस्ता बापतको १ लाख रकम लिएको तथ्याङ्कमा उल्लेख छ । यसरी हेर्दा अहिले पनि कुल लाभग्राही र घर निर्माण सम्पन्न गरी तेश्रो किस्ता बुझ्ने विचको फरक १९ हजार ६ सय ८५ छ । नयाँ घर बन्ने र किस्ता सिफारिस हुने क्रमजारी रहेकाले यो संख्यामा केही थपघट भने हुने सक्ने प्राधिकरणका कर्मचारी बताउँछन् ।

देशभर हाल सम्म अनुदान सम्झौता गरेका ७ लाख ६६ हजार ३ सय १७ मध्ये सोमबार अपरान्हसम्म ७ लाख ६१ हजार ५ सय ४२ ले पहिलो किस्ता लिएका छन् । असार मसान्त भित्र पहिलो किस्ता नलिए त्यस्ता लाभग्राहीको नाम पनि सूचीबाट हटाइने प्राधिकरणले जनाएको छ । निजी आवास अनुदानको पहिलो किस्ता बापत लाभग्राहीले ५० हजार रुपैयाँ पाउँछन् ।

प्राधिकरणको मापदण्ड अनुसार घरको जग हाली उनीहरूले दोस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँ का लागि निवदेन दिन सक्छन् । प्राधिकरणले लाभग्राहीलाई अनुदान सम्झौता गर्न तथा पहिलो किस्ता लिन लाभग्राहीलाई कार्यमा स्थानीय तह हरूको सहयोगको अपेक्षा गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्