गोरखा, ४ असार २०७६ । भिमसेन थापा गाउँपालिका ४ धावा, आपचौर र पोख्रेल गाउँका बासिन्दाहरु काकाकुल बन्न बाध्य भएका छन् ।

साबिक धावा ७ र ९ वाडका करिब २०० धरधुरीका जनताहरु २०७२ साल पछिको महा-भुकम्पपछि पिउने पानीको अभावमा एक गाग्री पानीको जोहो गर्न ३,४ घन्टा हिडेर जानु पर्ने बाध्यता रहेको छ ।

लिलेपानी र चापपानी पधेरो यस गाउँको प्रमुख पानीको  स्रोत हो ।

लिलेपानी पधेरोमा चराले पिउने पानी समेत नहुदा स्थानीय बासिन्दाहरु चर्को मारमा पर्नुको साथै स्थानीय जनता, वडा कार्यलय तथा गाउँपालिका मुक दर्शक बनेका छ्न ।

अन्य आयोजनाहरुलाई प्रोत्साहन गरी समयमा नै सम्पन्न गर्न सम्बन्धित निकायले ध्यानाकर्षण गर्नुपर्ने देखिन्छ ।

तस्बिर: इन्द्र भट्ट

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्