२०८३ जेठ ३, आइतबार
५:१७:३९ बेलुका
- ADVERTISEMENT -

 सभापति शेरबहादुर देउवाले बोल्नका लागि समय माग गरे पनि सभामुखले नदिएकोमा कांग्रेसले आपत्ति

प्रकाशित मिति: २०७६ असार ३, मंगलबार

726
Shares

काठमाडौं, ३ असार २०७६ । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस संसदीय दलका सभापति शेरबहादुर देउवाले बोल्नका लागि समय माग गरेता पनि सभामुखले नदिएकोमा कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेसले संसदीय अभ्यासलाई उलंघन गर्दै प्रमुख प्रतिपक्ष दलको नेतालाई बोल्न समय उपलब्ध नगराएकोमा आपत्ति जनाएको हो ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै  विचार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सदनको वेल घेर्नुपर्ने अवस्था सृजना भएको बताएका छन् ।  ‘सदनमा प्रमुख प्रतिपक्ष दलका नेतालाई नै बोल्न समय नदिनु सभामुखको गैरउत्तरदायी कार्य हो । यस कार्यप्रति नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ ।’

‘ प्रधानमन्त्री देश बाहिर विदेश भ्रमणमा जाँदा संसदलाई सम्बोधन गरी कुन–कुन देशमा भ्रमण गर्ने, कोकोसँग के विषयका छलफल गर्ने र नेपाललाई त्यसबाट के प्रतिफल प्राप्त हुन्छ भन्ने जानकारी दिने प्रचलन  हुन्छ । प्रधानमन्त्री यूरोप भ्रमण जाँदा सदनलाई  र जनतालाई कुनै जानकारी नै दिनु भएन । प्रधानमन्त्रीको भ्रमणको पाँच दिन पछाडी मात्र राष्ट्रपति कार्यालयको पत्रबाट सदनलाई प्रधानमन्त्री यूरोप भ्रमणमा गएको जानकारी गराइयो ।’nविज्ञप्तिमा भनिएको छ ।

केही दिन अगाडी मात्र प्रधानमन्त्रीले जनप्रतिनिधिहरुको प्रश्नको उत्तर दिने क्रममा संसदमा गैरसंसदीय, अमर्यादित शब्दहरु प्रयोग गरेर संसदको मर्यादा घटाउने कार्य गरेको र सभामुखले प्रधानमन्त्रीले बोल्दा प्रयोग गरेको अमर्यादित र गैर संसदीय शब्दहरु संसदको अभिलेखबाट हटाउने रुलिङ्ग गर्नुपरेको थियो ।

प्रतिपक्ष, जनप्रतिनिधि र जनताले उठाएका जनअधिकारका कुराहरुलाई कुण्ठित गर्न र संविधानका प्रावधानहरुलाई उलंघन गर्दै संविधान प्रतिकूल कानून बनाउने कृयाकलापमा सत्तापक्ष अगाडी बढिरेहेको भन्दै संसदीय कृयाकलापको नेपाली कांग्रेस संसदीय दल विरोध गर्ने जनाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको प्रारम्भमै सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन समय दिएका थिए ।

कांग्रेसले भने सभामुखलाई बिहानै आफ्ना नेताले बोल्नुहुन्छ भनेर समय माग गरे पनि पहिला बोल्न समय नपाएको भन्दै विरोध गरेको थियो । सोही विषयमा निरन्तर अवरोधपछि मंगलबारको बैठक स्थगन गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -