२०८३ जेठ ५, मंगलबार
३:०६:३६ राति
- ADVERTISEMENT -

इच्छाकामनामा बाल संरक्षणगृह निर्माण

प्रकाशित मिति: २०७६ असार ३, मंगलबार

1134
Shares

मुग्लिन, ३ असार २०७६ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा बाल संरक्षणगृह सञ्चालन गरिने भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा बाल संरक्षणगृहका लागि भवन निर्माणकार्य भइरहेको वडाध्यक्ष होमबहादुर रानामगरले जानकारी दिनुभयो ।

रु १४ लाखको लागतमा निर्माण गरिने बाल संरक्षणगृहमा वडाभित्र रहेका बाबुआमा नरहेका बालबालिका, उच्च जोखिममा रहेका, अर्थाभावका कारण अभिभावकबाट बेवास्तामा परेका बालबालिकालाई गृहमा राखिने अध्यक्ष रानामगरले बताउनुभयो । वडा कार्यालयले अहिले यस्ता बालबालिकाको तथ्याङ्क सङ्कलनकार्य गरिरहेको उहाँको भनाइ छ ।

गाउँपालिककाका प्रवक्ता सावित्री गुरुङले वडा नं ४ मा बन्दै गरेको बालगृहलाई गाउँपालिकास्तरीय बनाउने विषयमा छलफलसमेत भएको जानकारी दिनुभयो । अहिले गाउँपालिकाभित्र रहेको बाबुआमा नरेहका बालबालिका, अशक्त, गरीबी अर्थाभावका कारण जोखिममा रहेका बालबालिकाको तथ्याङ्क सङ्कलन गरिने र त्यसैका आधारमा आवश्यकताअनुसार बालगृह संरक्षण केन्द्रलाई क्षमता बढाउँदै लैजाने उहाँले जानकारी दिनुभयो ।

चेपाङ बालबालिकालाई खाजा र पोशाक

इच्छाकामना गाउँपालिका–६ मा रहेको श्री देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालिखोलाका चेपाङ विद्यार्थीलई एक वर्षका लागि खाजा र पोशाक सहयोग प्राप्त भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरका प्रहरी नायब निरीक्षक कृष्णज्यू ठकुरीको सक्रियतामा सहयोग सङ्कलन गरी सोमबार हस्तान्तरण गरिएको हो । लायन्स क्लब अफ बालकुमारी नारायणगढका अध्यक्ष बालगोपाल चुके, रोट्र्याक्ट क्लब अफ भरतपुर, नारायणी मोटर्स नारायणगढ तथा अन्य संस्थाको आर्थिक सहयोगमा विद्यार्थीलाई खाद्यान्नदेखि पोशाक सहयोग गरिएको हो ।

विद्यालयकी प्राधानाध्यापक ज्ञानु पाण्डेले उक्त विद्यालयमा १२० चेपाङ विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो । गरीबीका कारण यहाँका चेपाङ बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो भएको उहाँको भनाइ थियो । खाजाको व्यवस्था हुने भएपछि बालबालिका नियमित हुने प्रधानाध्यापक पाण्डेले विश्वास व्यक्त गर्नुभयो । सो क्रममा बोल्दै समाजसेवी चुकेले चेपाङ बालबालिकालाई यो सहयोगले अध्ययनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि यो सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनलका भाइस डिस्ट्रिक गभर्नर रामप्रसाद भट्टले सो विद्यालयबाट उर्तीण हुने चार विद्यार्थीलाई भरतपुरमा निःशुल्क अध्यापन गराउने प्रतिबद्धता जनाउनुभएको प्रधानाध्यापक पाण्डेले जानकारी दिनुभयो ।यसैबीच सोही अवसरमा निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको छ । हर्ट फण्ड नेपालको प्राविधिक सहयोगमा मुटुरोग विशेषज्ञ डा कौशल तिवारीले ३५ विद्यार्थी र २३ अभिभावकको मुट परीक्षण गर्नुभएको थियो ।

प्रहरी नायब निरीक्षक ठकुरी ड्युटीको क्रममा यस विद्यालयमा आइपुग्नुभएको थियो । सोही अवसरमा प्रअ पाण्डेले विद्यालयको अवस्थाको बारेमा जानकारी गराउनभएको थियो । प्राधानाध्यापक पाण्डेले विद्यालय र विद्यार्थीको बारेमा जानकारी गराएपछि ट्राफिक प्रहरी ठकुरी आफैँ सहयोग सङ्कलनमा जुट्नुभएको थियो । खाजा र नयाँ कपडा पाएपछि बालबालिका खुशी भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -