काठमाडौं, ३ असार २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक, युरोप भ्रमण र समसामयिक राजनीतिबारे पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने भएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार साँझ ५ बजे पत्रकार सम्मेलन तय गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनु भयो । अधिकारीकाअनुसार “संसदमा आफ्ना कुरा राख्ने तयारी भए पनि त्यहाँ कांग्रेसको अवरोधले राख्न नपाएपछि पत्रकार सम्मेलनमार्फत जनतामाझ आफ्ना धारणा राख्न लागिएको हो।”
ती विषयमा आफ्ना धारणा राख्न प्रतिनिधिसभाको मंगलबारको बैठकमा रोष्ट्रममा पुगेका प्रधानमन्त्रिलाई प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले अवरोध गरेपछि बोल्न पाएका थिएनन्।