- ADVERTISEMENT -
- ADVERTISEMENT -

गुठी विधेयक तत्काल फिर्ता लिन नेकपा प्रतिनिधिहरुको माग

June 17, 2019
726
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, २ असार २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सम्बन्धमा मन्त्रिपरिषद् बैठकमा गम्भीर छलफल गर्ने आश्वासन दिएका छन् ।

उपत्यकाबाट प्रतिनिधित्व गर्ने सांसद, प्रदेशसभा सदस्य, मेयर र वडाध्यक्षलगायतसँग सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो आश्वासन दिएका हुन् । “पार्टीमा छलफल गरेर सरकारले आवश्यक निर्णय लिन्छ भन्ने प्रधानमन्त्रीको धारणा थियो,” प्रेस सल्लाहकार कुन्दन अर्यालले भने ।

अधिकांश प्रतिनिधिहरुले गुठी सम्बन्धी विधेयक फिर्ता लिन माग गरेका थिए । प्रधानमन्त्रीले उपत्यकाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसँग तीनघण्टा छलफल गरेका थिए । प्रतिनिधिहरुले पनि तत्काल फिर्ता लिएर सबै पक्षसँगको छलफलपछि अर्को विधेयक ल्याउन सुझाव दिएका थिए । यसैबीच नेकपाका नेता माधवकुमार नेपालले ४ गते काठमाडौंमा प्रदर्शन गर्ने भनिएको आन्दोलन थेग्न नसकिने भन्दै तत्काल फिर्ता लिन सुझाव दिएको उनी निकट स्रोतले जानकारी दियो ।

नेता नेपालले पनि सोमबारै उपत्यकाबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्रीसँगको छलफलमा १५ जना प्रतिनिधिले आ–आफ्नो धारणा राखेका थिए । नेकपा नेतृ पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठलगायतले तत्काल फिर्ता लिन सुझाव दिएका थिए भने दुईजनाले यसैलाई संशोधन गरेर अघि बढ्न सकिने धारणा राखेको स्रोतले जानकारी दियो ।

महेश बस्नेत र विद्यासुन्दर शाक्यले यही विधेयकलाई संशोधन गरेर अघि बढ्न सकिने धारणा राखेको स्रोतले जानकारी दियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -