काठमाडौं, २ असार २०७६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गुठीलाई कुदृष्टि लाउनेहरुको कहिले भलो नभएको भन्दै केपी ओली नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको बताएका छन् ।

गुठी विधेयककोविरुद्धमा आइतबार कांग्रेसले आयोजना गरेको विरोधसभामा बोल्दै उनले पशुपतिनाथ चलाउन खोज्दा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र कुमारीजात्रालाई चलाउन खोज्दा बाबुराम भट्टराईको हालत के भयो ? प्रश्‍न गर्दै बुझ्न प्रधानमन्त्री ओलीलाई सुझाव पनि दिनुभयो । उहाले सामाजिक सहिष्णुतालाई बिथोल्नका लागि गुठीसम्बन्धि विधेयक ल्याएको आरोप पनि लगाउनु भयो ।

सिंहले संविधानको मर्म र भावना विपरितको गुठी विधेयकविरुद्ध संसदमा कुरा उठाइरहेको कांग्रेस आजबाट सडकमा पनि विरोधमा उत्रिएको बताउनु भयो । “गुठीमा जसले कुदृष्टि राख्छ । त्यसको कहिल्यै भलाई भएको छैन । ओली सरकारको पनि दिनगन्त सुरू भइसकेको छ । यसको राम्रो छैन भविष्य,” नेता सिंहले भने, “यो सरकारलाई आफूले गरेको गलत सच्याउने मौका दिनुपर्छ । यदि सच्चिएन भने जनताको मतबाट आउको सरकार जनताले नै त्यसको टुँगो लगाउँछन् । सरकारले गम्भीर भएर सोचोस् ।”

काठमाडौंको जनतालाई सामन्तीको संज्ञा दिइएको भन्दै उनले आपत्ती जनाउँदे उनले काठमाडौंबासीले विकसित गरेको संस्कृति, परम्पराले नै नेपाललाई विश्वमा चिनाएको स्मरण गराए । नेपालको मुल धर्मसंस्कृतिलाई नै समाप्त गर्ने मनसायले गुठी विधेयक ल्याइएको भन्दै धर्म, संस्कृतिको रक्षा गर्न काठमाडौंबासीलाई उठ्न पनि आग्रह समेत गर्नुभयो ।

विरोधसभामा कांग्रेस काठमाडौंबाट निर्वाचित सांसदहरु भिमसेनदास प्रधान, गगन थापा, राजेन्द्र केसी, कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत, नविन्द्रराज जोशीलगायतका नेताहरु सहभागी रहेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्