- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपाललाई चिनाउदैँ जापानको नागोयामा दुई दिने “नेपाल फेष्टिवल” सम्पन्न

June 17, 2019
561
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नागोया, २ असार २०७६ । जापानको नागोयामा पहिलो पटक आयोजना गरिएको “नेपाल फेष्टिवल” सम्पन्न भएको छ । उक्त फेस्टिवल शनिबार र आइतबार नागोयाको साकयास्थित हिसियादोहोरी पार्कमा भएको हो ।

नेपाल भ्रमण बर्ष २०२० नजिकिदै गर्दा नेपाली कला संस्कृति तथा मौलिक पहिचान झल्कउदै जापानीहरुमा नेपालको पर्यटन प्रबर्दन गर्ने उद्देश्यले आयोजना गरेको आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

फेस्टिवलको जापानका लागि नेपाली राजदुत् प्रतिभा रानाले उद्घाटन गर्नु भएको थियो । उद्घाटन सत्रमा बाजागाजा सहित विभिन्न जातजातिका जातिय पोशाकमा सजिएर हामी नेपाली हो भनेर र्यालीसहित विभिन्न समुदायमा रहेका बिबिध कला, संस्कृति तथा भेषभुषा झल्काउने प्रस्तुति बिशेष थियो । फेष्टिवलमा २ तलाको नेपाली बाटुले घर मुख्य आकर्षणका रुपमा राखिएको थियो ।

उक्त कार्यक्रममा नेपाली राजदूत उपनियोग उप-प्रमुख कृष्णचन्द्र अर्याल, एनआरएनएका अध्यक्ष भवन भट्ट, जर्मनका उपाध्यक्ष कुमार पन्त, प्रवक्ता भूषण घिमिरे, आइसिसी युवा संयोजक सुदन थापा, एनआरएन जापान अध्यक्ष टाशी वान्दी लामा, आइसिसी सदस्यहरुलगायत विभिन्न पदाधिकारी तथा सदस्यहरु र आइची प्रिफेक्चरका गभर्नर ,नागोयाका उपमेयर,ओबु सिटीका मेयर,जापानका सांसद लगायतले शुभकामना दिनु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा जापानीहरुलाई नेपाल चिनाउन जापानको नागोयामा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरिएको  कार्यक्रम संयोजक पारसमणि पोखरेलको बताउनु भयो | आगामी वर्षदेखि हरेक बर्ष नागोयामा नेपाल फेष्टिवललाई निरन्तरता दिने उहाले जानकारी दिनुभयो ।

कार्यक्रममा तामाङ, शेर्पा, मगर, राई र नेवार लगायत जातजातिहरुको नुत्य, झाकी  प्रमुख आकर्षणका रुपमा रहेको थियो । फेष्टिवलमा नेपालीहरु सहित जापानीहरुको पनि बाक्लै उपस्थिति रहेको थियो ।

फेस्टिवलमा नेपाली स्वाद पस्काउने खानाका स्टल १२ वटा, नर्मल स्टल २० वटा राखिनुको  साथै अन्य विभिन्न नेपालको प्रचारप्रसार गर्ने तथा पर्यटन प्रबर्दनमा सहयोग पुग्ने खालका स्टल हरु समेत राखिएको थियो ।

कार्यक्रममा स्थनीय नेपाली कलाकारहरुको समेत प्रस्तुतिका साथै जापनी कलाकारहरुले नुत्य र गायन पनि प्रस्तुत गरेका  थिए  ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com