Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२५:१७ बिहान
- ADVERTISEMENT -

तनहुँको व्यास नगरपालिका–१३ स्थित सुढेगाउँमा पहिलोपटक बिजुली

प्रकाशित मिति: २०७६ असार १, आइतबार

1820
Shares

दमौली, १ असार २०७६ । हालसम्म पनि विद्युतीकरण नपुगेको तनहुँको व्यास नगरपालिका–१३ स्थित सुढेगाउँमा पहिलोपटक बिजुली बलेको छ ।

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युत् कार्यक्रमअन्तर्गत सुढेको १३ घरधुरीमा बिजुली बलेको हो । बिजुली नपुगेका घरधुरीमा विद्युत् सेवा पु¥याइएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिनुभयो । गोशलीका अनुसार १५ केभीएको तारमार्फत विद्युत् विस्तार गरिएको छ । उहाँले भन्नुभयो, “अहिलेसम्म अन्धकारमा रहेको सुढेमा विद्युत् विस्तारका लागि रु १५ लाख लगानी भएको छ ।”

तनहुँका १५ प्रतिशत घरधुरीका स्थानीयवासी अझै पनि अँध्यारोमा बस्न बाध्य छन् । रिसिङ गाउँपालिका–२ दुवुङको १२०, खाल्टुभञ्ज्याङको १२०, रिसिङ गाउँपालिका–४ गुम्लेकको ६० घरधुरीमा चालू आर्थिक वर्षभित्रै विद्युत् पु¥याउने लक्ष्य छ । विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा आठ एमबिएको सवस्टेशन निर्माण भइरहेको छ ।

उक्त सवस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमी दूरी लाइन तानेर आँबुखैरेनीका विद्युत् नपुगेका गाउँमा विद्युत् सेवा पु¥याइनेछ । साथै सोही सवस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पु¥याइने केन्द्रले जनाएको छ ।

व्यास नगरपालिका–१४ को नाल्दीघाटमा मात्रै अब विद्युत् विस्तार गर्न बाँकी छ । गोशलीका अनुसार नाल्दीघाटको २५ घरधुरीमा आगामी आर्थिक वर्षमा विद्युत् विस्तार हुनेछ । उहाँले भन्नुभयो, “सुढेबाट छ किमी टाढा रहेको गाउँमा विद्युत् विस्तारका लागि पहल भइरहेको छ । आगामी वर्षसम्म उक्त गाउँमा बिजुली बल्नेछ ।” पहिलोपटक बिजुली बल्दा सुढेका स्थानीयवासीमा खुशीयाली छाएको छ ।

त्यसैगरी, बुद्धसिं फिडरमार्फत आँबुखैरेनी गाउँपालिका–५ र ६, बन्दीपुर गाउँपालिका–६ खहरे, व्यास नगरपालिका–१४ नाल्दीघाटलगायतका बुद्धसिंमार्गका छेउछाउका बस्तीमा विद्युतीकरण गरिने गोशलीले जानकारी दिनुभयो । विद्युतीकरणका लागि घिरिङ र खैरेनीटारमा आठ÷आठ एमबिएको सवस्टेशन निर्माणाधीन अवस्थामा रहेको छ । सोही सवस्टेशनबाट त्यस भेगका ग्रामीण क्षेत्रमा विद्युत् पु¥याइनेछ ।

केन्द्रले दुई वर्षभित्र सबै काठेपोल विस्थापन गर्ने अभियानलाई तीव्रता दिएको छ भने भोल्टेज नपुगेको, बस्ती विस्तार भएका ठाउँमा ट्रान्सफर्मर थप गरिरहेको छ । जसअनुसार बन्दीपुर गाउँपालिकामा चार ठाउँमा, भानु नगरपालिकामा चार ठाउँमा, व्यास नगरपालिकामा सात ठाउँमा र म्याग्दे गाउँपालिकामा नयाँ ट्रान्सफर्मर थप गरिएको छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -